आजको मौसम : यी ६ प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने

Advertisement

काठमाडौं । अहिले बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ  । 

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भने हल्का वर्षा भइरहेको छ ।

Advertisement

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

त्यस्तै, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायतका पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ ।

साथै, उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुनेछ ।

राति कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायतका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने बताइएको छ ।

विभागका अनुसार कोशी, मधेश र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

साथै, कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुने विभागको पूर्वानुमान छ ।

Advertisement

Advertisement