काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारणसभा एकसाथ डाकेको छ । यद्यपि, कम्पनीले दुवै आवका लागि लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको छैन ।
कम्पनीले दशौं र एघारौं वार्षिक साधारणसभा एकैपटक असार ११ गतेलाई डाकेको हो । सभा काठमाडौं, चण्डोलस्थित कुण्डलिनी दरबार ब्यांकेटमा बिहान ११ बजे सुरु हुनेछ ।
सभाले आव २०७८।७९ र २०७९।८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ । साथै, चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
त्यस्तै, सभाले दुई जना स्वतन्त्र सञ्चालक नियुक्ति र सञ्चालक समितिका सदस्यको बैठक भत्ता निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले आगामी जेठ २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ, जेठ २२ गतेसम्म नेप्सेमा काराबार भई कायम रहेका शेयरधनी सभामा सहभागी हुन पाउनेछन् ।