बिना कारण क्यानले रोक्यो ‘स्काइड्राइभिङ’

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बिना कारण यो वर्ष नेपालको कुनै पनि क्षेत्रमा स्काइडाइभिङको अनुमति नदिने भएको छ । 

गत वर्ष अनुमति दिएको प्राधिकरणले यस पटक भने अनुमति नदिने निर्णय गर्नु अर्थपूर्ण देखिन्छ । गत वर्ष विदेशी पाहुनाहरु स्काइडाइभिङको लागि अनुमति दिइएको थियो भन्ने त्यही अनुसार यस वर्ष पनि नेपालमा स्काइडाइभिङ गर्न पाइन्छ भन्ने आशामा व्यवसाहीहरुले प्रचार प्रसार गरेका थिए । 

Advertisement

तर अन्तिम समयमा आएर क्यानले अनुमति नदिँदा सम्बन्धित् व्यवसायीहरु मर्कामा परेका छन् । एक व्यवसायीले भने, ‘गत वर्ष जुन तरिकाले स्काइडाइभिङको अनुमति दिएको थियो, त्यही अनुसार अनुमति पाइन्छ होला भनेर हामीले तयारी गरेको थियो । अन्तिम समयमा क्यानबाट अनुमति नपाउँदा खल्लो भएको छ । नेपाल स्काइडाइभिङको लागि प्रसिद्ध पनि थियो । हामीहरुको लगानी पनि डुबेको छ ।’ 

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनसार स्काइडाइभिङ बारे हाल कुनै पनि निर्णय नभएको र गर्न दिने कि नदिने भन्ने कुरामा कुनै पनि निर्णय नभएको बताए । स्काइड्राइभिङसम्बन्धी स्टाण्र्डर्ड अपरेटिङ प्रोसेडुयर नभएको हुँदा हाल यसको लागि अनुमति दिने संभावना नभएको उनले बताए । मापदण्ड निर्माण भएपछि त्यसका आधारमा आफूहरुले अनुमति दिने भुलको भनाई छ । 

उनले थपे, ‘गत वर्ष चाहिँ वायुसेवा कम्पनीले बनाएको मापदण्ड क्यानबाट स्वीकृति भएपछि सोही अनुसार गरेको हो । यो वर्ष क्यानले आपैmले एउटा नियमकीय मापदण्ड बनाएर सोही अनुसार गर्ने भनेर तयारी गरेको हो । तर यो वर्ष समय अभावले गर्दा मापदण्ड बनाउन ढिलो भयो र अनुमति दिन नसकेको हो ।’ अर्को वर्ष मापदण्ड बनाएर अनुमति दिने भुलले बताए 

गत वर्ष विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको ७० वर्ष पुगेको अवसरमा मे २९ तारिखका दिन विश्व कीर्तिमानी पर्वतारोहीहरु मिङ्मा डेभिड शेर्पा, निर्मल पुर्जा र प्रणिशकुमार श्रेष्ठको टिमले स्याङ्बोचेमा स्काइडाइभ गरेको थियो । 

विश्वप्रसिद्ध तथा गिनिज वर्ल्ड रेकर्ड बनाएका र स्काइडाइभ प्रोफेशनल तीन जना विदेशी गाइड र निर्मल पुर्जाले मे २९ मा स्याङ्बोचेमा स्काइड्राइभ सफलतापूर्वक सम्पन्न गरेका थिए । बेलायतबाट नेपाल आएका उनीहरु केभिन थॉमस म्याकनाली, स्टिफन ह्यान्डली, माइकल फ्रेन्च हुन् । साथै, उनीहरुले स्याङ्बोचेमा नेपालको झण्डा पनि फहराएका थिए । 

विश्वमा जुनसुकै कुनामा स्काइडाइभ गरे पनि नेपाल मात्र यस्तो देश हो, जहाँबाट ३६० डिग्री माउन्टेन भ्यू देख्न सकिन्छ । स्याङ्बोचेमा स्काइडाइभ गर्दा ल्होत्से, चोयु, सगरमाथा, मकालु, कञ्चनजङ्घा, अमा दब्लम लगायत विभिन्न हिमालहरु देख्न सकिने आरोहीहरुको भनाई छ ।

Advertisement

Advertisement