काठमाडौं । आज काठमाडौं उपत्यकाअन्तर्गत पर्ने मातातीर्थ क्षेत्रका बीस ठाउँमा सात घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुँदैछ ।
नेपाल विद्युत् प्राधिकरणले बलम्बु उपवितरण केन्द्रअन्तर्गत मातातीर्थ सबस्टेसनमा रहेको मातातीर्थ फिडरको बालागाउँस्थितर पुरानो तारलाई कभर केबुलले बदली गर्ने कार्यका लागि विद्युत् कटौती गर्न लागेको जनाएको छ ।
विद्युत् बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म जानेछ ।
मातातीर्थ फिडरअन्तर्गत पर्ने मातातीर्थ, शीतल बस्ती, बालागाउँ, दाउरा डिपो, महादेवस्थान क्षेत्रमा बिजुली कटौती हुने भएको छ ।
त्यस्तै, थानकोट, चेकपोस्ट, पाल्टिङ प्लटिङ, घुमाउने, पानीघाट, गोदाम, केबुलकार, सिलाफल, त्रिभुवन पार्क, वनस्थली, हाइभिजन, मंगलोदय, महेश फाँट र नागढुंगालगायका क्षेत्रमा समेत बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म बिजुली काटिने प्राधिकरणले जनाएको छ ।
साथै, सो कार्य समयअगावै सम्मन्न भएमा तोकिएको समयअघि नै विद्युत् लाइन सुचारु हुने प्राधिकरणको भनाइ छ ।