काठमाडौं । सरकारले दुई लाख युवालाई न्यूनतम् १०० दिने रोजगारी दिने घोषणा गरेको छ ।
अर्थमन्त्री बर्षमान पुनले मंगलबार संसद्मा आगामी बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
यसका लागि छ अर्ब रुपियाँ बजेट बिनियोजन गरेको पनि पुनले बताए । यो रकम रोजगारी सिर्जनाभन्दा पनि पार्टीका कार्यकर्तालाई भरणपोषण गर्ने उद्देश्यका लागि घोषणा गरिएको देखिएको छ ।