काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरको ‘लक इन’ अवधि आज (जेठ १६ गते) बाट सकिँदैछ ।
कम्पनीको सञ्चालक डोल्मा इम्प्याक्ट फन्ड–आईको नाममा रहेको २६ लाख पाँच हजार ९०० कित्ता शेयरको ‘लक इन’ अवधि सकिने भएको हो ।
डोल्मा इम्प्याक्टका नाममा रहेको कम्पनीको प्रतिशेयर १०० रुपियाँ अंकित मूल्यको २६ लाख पाँच हजार ९०० कित्ता शेयर खरिद बिक्री, हस्तान्तरण वा लेनदेन गर्न नसक्ने गरी एक वर्षका लागि रोक्का गरिएको थियो ।
लक इन अवधि सकिएसँगै अब बिहीबार (जेठ १७) देखि संस्थापक शेयरधनी र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।