शेयर बजार १३.५१ अंकले बढ्यो, सवा चार अर्ब बढीको कारोबार

Advertisement

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १३.५१ अंकले बढेको हो ।

Advertisement

०.६५ प्रतिशतले बजार उचालिंदा नेप्से परिसूचक २०८३.०४ अंकमा उक्लिएको छ । 

समग्रमा बजार उचालिए पनि लगानी समूह ०.२३, उत्पादनमूलक समूह २.४० प्रतिशत र म्युचुअल फण्ड ०.०५ प्रतिशतले घटेका छन् । बाँकी समूहमा हरियाली छाएको छ । वित्त समूह सबैभन्दा बढी २.१७ प्रतिशतले बढेको छ । 

undefined

आज ३२५ कम्पनीका ९६ लाख ९७ हजार २ सय ६ कित्ता शेयर किनबेच हूँदा ४ अर्ब ३१ करोड १० लाख १५ हजार ६ सय २९.९५ रुपियाँ बराबरको कारोबार भएको हो । 

दुई कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । मल्टिप्रपोज फाइनान्स र मकर जितुमाया हाइड्रोका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाएका हुन् । 

यता, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.१३ प्रतिशतले घाटा व्यहोरेका छन् । 

नेपाल फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २२ करोड ६४ लाख १३ हजार २८ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।  
 

Advertisement

Advertisement