आजको मौसम : बागमतीसहित यी पाँच प्रदेशमा वर्षाको सम्भावना, लुम्बिनीमा हावाहुरी

Advertisement

काठमाडौं । अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

Advertisement

विभागका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हावाहुरी चल्ने पनि विभागले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भू-भागका एकाध स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

​त्यसैगरी राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, मधेश र गण्डकी  प्रदेशको थोरै स्थानमा तथा  बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने विभागको पूर्वानुमान छ ।

Advertisement

Advertisement