काठमाडौंका मेयर बालेन्द्र साहले संयमता गुमाउँदै गएको एमालेको आरोप

Advertisement

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंका मेयर बालेन्द्र साहले संयमता गुमाउँदै गएको बताएका छन् । 

मंगलवार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सचिव भट्टराईले यस्तो बताएका हुन् । उनले मेयर साहले एमाले अध्यक्ष ओलीले दिएको तबला उपहार करुणा, प्रेम, सद्भाव र संयमता कायम गर्न भएपनि प्रमुख साहले संयमता गुमाउँदै गएको बताएका हुन् । प्रमुख साहले तबेलाको धुनमा काम गर्नुपर्नेमा विपरित रुपमा अगाडि बढेको बताए । 

Advertisement

उनले मेयर साहलाई आफू काठमाडौं महानगरपालिकाको प्रमुख हुँ भन्ने नभुल्न चेतावनी दिए । संविधानले नै हरेक व्यक्तिको सीमा र अधिकार तोकेको बताए । काठमाडौं महानगरपालिका र सडक विभागबीच उत्पन्न मतभेदहरु दोष एमाले र एमालेका अध्यक्षले बोक्नुपर्ने ? भन्दै प्रश्न गरे । 

उनले मेयर बोलन काठमाडौलाई थप सुन्दर बनाउन आवश्यक बजेट कति चाहियो योजना ल्याउन आग्रह गरे । मेयर साहलाई उत्तेजना फैल्याएर, उश्रृंखल गतिविधिमार्फत लाखौं युवाहरुले भविष्य, सपनालाई धोका नदिन आग्रह गरे । मेयरले नेताहरु जेल बसेको कुरालाई खिसिट्युरीका रुपमा उडाएकोप्रति दुःख लागेको बताए । 

Advertisement

Advertisement