सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीहरुलाई व्याग वितरण

Advertisement

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकद्वारा नघल टोल २८, काठमाडौंस्थित प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्कूल व्याग वितरण गरिएको छ । 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरुलाई वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम संचालन गरेसंगै त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई १५० थान स्कूल व्याग , ६५ वटा कापी तथा ६५ वटा कलम वितरण गरेको  हो । 

Advertisement

सो व्याग वितरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र प्रभात माध्यमिक विद्यालयको तर्फबाट प्रधानाध्यापक राजेश्वरमान श्रेष्ठको उपस्थिति थियो 

मुलुकभर ११२ शाखा कार्यालयहरु र ३० एटिएममार्फत बैंकले सेवा प्रदान गर्दै आएको छ ।  
 

Advertisement

Advertisement