कुमारी बैंक र यूएसएडबीच वित्तीय साक्षरता कार्यक्रम सम्बन्धी सम्झौता

Advertisement

काठमाडौं । कुमारी बैंकले लघु, साना तथा मझौला उद्योग–व्यवसाय वित्तीय साक्षरता कार्यक्रमका लागि यूएसएडसँग सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत यूएसएड ट्रेड एण्ड कम्पिटिटिभने ले बैंकलाई नेपालभरका लघु, साना तथा मझौला उद्योग–व्यवसाय माझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने पहलमा सहयोग गर्नेछ । 

Advertisement

बैंकले यस कार्यक्रम मार्फत १०,००० नयाँ लघु, साना तथा मझौला उद्योग-व्यवसायलाई ‘बैंकिङ र क्रेडिट रेडी’ बनाउन बित्तीय सहयोग गर्नेछ ।  

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा गर्दै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखारहित बैंकिङ्ग ईकाईहरुमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ । 

Advertisement

Advertisement