राष्ट्र बैंकले माग्यो आउँदो आवको मौद्रिक नीतिका लागि सुझाव, यस्तो छ सुझाव दिने उपाय

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्ष २०८१–८२ को मौद्रिक नीतिका लागि राय सुझाव मागेको छ । राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै सरोकारवालाबाट राय सुझाव मागेको हो ।

राष्ट्र बैंकले नयाँ बजेट आएपछि त्यसको कार्यान्वयन अनुकुल हुनेगरी हरेक आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्नुपर्छ । सोही मौद्रिक नीतिमार्फत वित्तीय क्षेत्र अगाडि बढाउने प्रयास गरिन्छ । 

Advertisement

सामान्यत साउनको पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने अभ्यास छ । सोही मिति नजिकिँदै गर्दा राष्ट्र बैंकले मौद्रिक नीतिका लागि राय सुझाव मागिएको हो । सरोकारवालाले आगामी असार १६ गतेसम्म बालुवाटारस्थित एनआरएन भवनमा रहेको राष्ट्र बैंकको आर्थिक अनुसन्धान बिभागमा आफ्नो राय सुझाव बुझाउन सक्ने छन् । 

राय सुझावको लागि फोन नम्बर– ०१–४५१७४९७, फ्याक्स– ०१–४४३३३६५ र इमेल- [email protected] तोकिएको  छ । 

अहिले आन्तरिक अर्थतन्त्र शिथिल अवस्थामा छ । तर, बाह्य क्षेत्र बलियो अवस्थामा पुगेको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप थुप्रिएको छ । तर, कर्जा प्रवाह बढ्न सकेको छैन । बैंकहरुमा नाफा पनि घटिरहेको छ । त्यो अवस्थामा समयमित ढंगले लचिलो मौद्रिक नीति ल्याउने योजनामा राष्ट्र बैंक रहेको छ । 

Advertisement

Advertisement