नेप्से ओरालो झर्दा ५ अर्ब नाघ्यो कारोबार, ५ कम्पनीमा पोजेटिभ सर्किट

Advertisement

काठमाडौं । साताको पहिलो दिन आज शेयर बजारमा करेक्शन देखिएको छ । तर कारोबार रकम भने ५ अर्ब नाघेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.५९ अंकले तल झरेको हो । ०.२२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०७३.१९ अंकमा ओर्लिएको छ । 

Advertisement

बजार तल ओर्लिए पनि होटल, हाइड्रो, लगानी र उत्पादनमूलक समूह क्रमशः २.९२, ०.९६, ०.४३ र ०.५० प्रतिशतले बढेका छन् । आज सबैभन्दा बढी लघुवित्त समूह १.०९ प्रतिशतले घटेको छ । 

undefined

आज ३१३ कम्पनीका १ करोड ४ लाख ५२ हजार १ सय २८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५ सय २२.४४ रुपियाँ बराबरको कारोबार भएको छ । 

साताको पहिलो दिन आज शेयर बजारमा करेक्शन देखिएको छ । तर कारोबार रकम भने ५ अर्ब नाघेको छ । 

समग्रमा बजार घटे पनि विभिन्न ५ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । इस्टर्न हाइड्रो, शुभम् पावर, सिटी होटल, कुुथेली बुखरी हाइड्रोका लगानीकर्ताले १०–१० प्रतिशत र भगवती हाइड्रोका लगानीकर्ताहरुले ९.९९ प्रतिशतले नाफा कमाएका छन् ।
 undefined
त्यस्तै एक कम्पनीमा नेगेटिभ सर्किट लागेको छ । बुद्धभूमि नेपाल हाइड्रोका लगानीकर्ताहरुले १० प्रतिशतले घाटा व्यहोरेका हुन् ।

समग्रमा बजार घटे पनि विभिन्न ५ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३२ करोड ३ लाख ९४ हजार ५ सय ६८.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement