तीन वर्ष अगाडीदेखिको प्रोजेक्ट यस पाली आएर सफल

पहिलो पटक नेपालतर्फबाट चो–ओयु चढेका गेल्जे भन्छन्– कमाउन होइन, देशका लागि चढें

Advertisement

काठमाडौं । नेपालतर्फबाट चो–ओयु हिमालको पहिलो पटक सफल आरोहण गरेको टोलीका एक सदस्य गेल्जे शेर्पाले आफूले अरु हिमाल आरोहण कमाउनका लागि चढे पनि चो–ओयु देशका लागि चढेको बताएका छन् । 

सात जनाको टोलीमा नयाा रुट बनाउँदै उक्त हिमाल चढेर अहिले काठमाडौं आइपुगेका उनले नयाँ रुट बनाउने काम सरकारले गर्नुपर्नेमा आफूहरुले गर्न सफल भएको बताए । नेपालको यो हिमाल आरोहण चीनतर्फबाट हुने गरेकोमा अहिले गेल्जेको टिमले ‘एस–एसडब्ल्यु राइड, एसएसटी नेपाल रुट’ निर्माण गरी आरोहण गर्न सफल भएको हो । 

Advertisement

उनले भने, ‘चोयु नेपालतर्फबाट नै आरोहण गर्ने मेरो सपना थियो । त्यो सपना बल्ल आएर पूरा भयो । तीन वर्ष अगाडिदेखिको प्रोजेक्टमा अहिले आएर पूरा भएकोमा खुःसी छु ।’ 

चो–ओयु चढ्न ‘स्पोन्सर’ (प्रायोजन)का लागि धेरै ठाउँमा प्रस्ताव गरे पनि सहयोग नपाएको सुनाउँदै गेल्जेले पैसा संकलन गर्न असफल भएपछि आफूहरुले नै खर्च जुटाएर चढेको बताए । ‘धनीले मागे स्पोन्सर, गरिबले मागे दान’ भने जस्तै यस प्रोजेक्टको लागि स्पोन्सर गर्न प्रस्ताव पुर्याए पनि उनीहरुले सहयोग गर्न आनाकानी गरेको उनले गुनासो गरे । 

गेल्जेले भने, ‘कतिले त पहिला आरोहण सफल होस् अनि दिन्छु पनि भन्यो । धेरैले दिनै मानेन । कतैबाट पनि प्रोजेक्टको लागि पैसा संकलन भएन । तीन वर्षसम्म त्यो प्रोजेक्ट बनाउँदा सोचेको भन्दा निकै कम पैसा संकलन भयो । चो–ओयु हिमाल नेपालतर्फबाट सफल भए पनि नभए पनि जाने लगानी त गइसक्यो भनेर हामीले प्रयास जारी राख्यौं । धेरै संघर्षपछि यस पटक सपना पूरा भयो । 

गेल्जेसहितको टोलीले यही गएको जेठ २५ गते बेलुकी चो–ओयुको सफल आरोहण गरेका थिए । नेपालतर्फबाट आरोहणको लागि चो–ओयुमा व्यवसायिक रुट (बाटो) बनाउन सफल हुनु ठूलो सफलता भएको उनले बताए । गेल्जे शेर्पाले अब चो–ओयुमा विदेशी आरोहीहरुलाई नेपालतर्फबाट आरोहण गराउन सके नेपाल र नेपालको पर्यटन क्षेत्रलाई राम्रो हुने बताए ।

नयाँ रुटबाट चो–ओयु आरोहणको प्रोजेक्टकोमा आफ्नो व्यक्तिगत खर्चबाहेक आफ्ना केही विदेशी साथीसँग आर्थिक सहयोग मागेको स्मरण गर्दै उनले करिव चार वर्षदेखि आफू यो प्रोजेक्ट सफल बनाउन लागेको बताए । यस पटक भने फ्रान्सका अलास्डिर म्याकान्जीसँग मिलेर यो प्रोजेक्ट सफल भएको गेल्जेको भनाई छ । 

उनले भने, ‘हाम्रो आफ्नो देशमा भएको हिमाल चढ्न चीनको भिसा लगाएर आरोहण अनुमति लिएर चढ्नुभन्दा आफ्नै ठाउँबाट आरोहण गर्न सफल भएकोमा मलाई गर्व लागेको छ । यसले राम्रो अवसरको बाटो खुलेको छ । यो हामीले खोलेको रुटलाई सरकारले व्यवसायिक रुट बनाउन सके नेपालमा अझ विदेशी पर्यटकहरु भित्राउन र रोयल्टी संकलन गर्न सकिन्छ ।’ 

सेभेन समिट ट्रेक्स कम्पनीका निर्देशक र एक्सपेडिशन व्यवस्थापक छाङ दावा शेर्पाले आफूलाई यस परियोजनाका लागि राम्रो अवसर दिएको गेल्जेले बताए । उनले भने, ‘उहाँले मलाई यसरी गर्यो भने सफल हुन्छौ, यो तिम्रो सपना हो भनेर अवसर दिनुभयो ।’ सरकारले हिमाल आरोहणमा संकलन गर्ने रोयल्टी सो क्षेत्रको विकास र आरोहीहरुको हितका लागि खर्च गर्नुपर्ने गेल्जेको भनाई छ । 

सगरमाथा, गोर्खाली र शेर्पा भनेर नेपाललाई विश्वले चिन्ने गरेको उनले बताए । गेल्जेले जे कुरामा पनि १३ प्रतिशत भ्याट (मूल्य अभिवृद्धि कर) अशुल्ने सरकारको रवैया ठिक होइन् भन्दै गेल्जेले शेर्पाले देशको लागि दुःख गरेर देशकै फाइदाको लागि काम गरिरहेको कुरा सरकारले मनन् गर्न नसकेको गुनासो गरे । सरकारको तर्फबाट शेर्पाहरुको संरक्षण र राहतका लागि केही सेवा सुविधा नभएको उनले बताए । 

सरकारले शेर्पाको लागि एउटा निःशुल्क बीमा मात्र गरिदिए पनि राम्रो हुन् थियो भन्दै गेल्जेले यति शेर्पाको मृत्यु भइहाले उसको परिवारलाई १५ लाख रुपियाँ मात्र क्षतिपूर्ति आउने र त्यसले मृतकको परिवारको जीवन नचल्ने भएकाले कम्तिमा ५० लाखको बीमा गरिदिनुपर्ने बताए । 

Advertisement

Advertisement