काठमाडौं । नेकपा एमालेका साँसद रघुजी पन्तले नेपालको सरकारको विशिष्ठ श्रेणीको जागिर खाएर पनि अर्काको देशको नागरिकता लिने सरकारी कर्मचारीहरुको नाम सार्वजनिक गर्न माग गरेका छन् ।
बुधबार संसदमा उनले सरकारी कर्मचारीको दोहोरो नागरिकता छ कि छैन् भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा हराएको अहिले फेला परेको जानकारी आएको बताउँदै यसरी दोहोरो नागरिकता लिनेमा विशिष्ठ श्रेणीका कर्मचारीहरु समेत रहेको कुरा आएकाले उनीहरुलाई चिन्ह पाउनुपर्ने बताए ।
पन्तले भने, ‘नेपालको सरकारको नुन खाँदाखाँदै विदेशीको नागरिकता पनि लिन रहर लाग्ने महानुभावहरु को को रैछ ? त्यो हामीले चिन्ह पाउनुपर्यो । अख्तियारको पत्रमा सम्वन्धित प्रशासनले कारवाही गरेर त्यसको जानकारी संसदलाई दिइयोस् ।’