कर छुट दिने भए बंगलादेशको एयर एस्ट्रा पोखराबाट हप्तामा चार उडान गर्न तयार

Advertisement

काठमाडौं । बंगलादेशको एयर एस्ट्राले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न चासो देखाएको छ । हप्तामा चार वटा उडान गर्ने तयारीसहित एयर एस्ट्राको तर्फबाट नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा उडान अनुमितका पत्र पठाएको छ । 

प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले एयर एस्ट्राले कूटनीतिक माध्यमबाट पत्र पठाउँदै हप्तामा चार वटा उडानका लागि अनुमति मागेको जानकारी दिए । अहिले त्यो निवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुमतिको चरणमा रहेको र एयरलाइन्सले पोखराबाट उडान गर्दाको अवधिमा विभिन्न करहरुमा छुट मागेको उनले बताए । 

Advertisement

भुलले भने, ‘क्यानसँग सम्बन्धित एरोनोटिकल चार्जलगायतका अन्य करहरुमा हामीले अहिले छुट दिएका छौं । ग्राउन्ड ह्यान्डलिङमा लाग्ने छुट पनि दिएका छौं । तर अन्य पर्यटनसँग सम्बन्धित करहरु पोखराबाट उडान गर्ने अवधिसम्म र बजारीकरण लिनेसम्म एयरलाइन्सले छुट मागेको छ ।’

त्यो छुटसम्बन्धी निर्णय गर्ने अधिकार अर्थ मन्त्रालयसँग मात्रै छ । अर्थ मन्त्रालयबाट र पर्यटन मन्त्रालयबाट निर्णय भएर आएपछि मात्र प्राधिकारबाट लिने अनुमतिको प्रक्रिया सुरु हुने उनले बताए । एयर एस्ट्राले नेपालको आधिकारिक जीएसए सोसाइटी इन्टरनेसनल ट्राभललाई त्यो कम्पनीले नियुक्त गरेको छ । 

Advertisement

Advertisement