टाटा टियागो इभीमा एक्सचेञ्ज अफर, बजेट अघिकै मूल्यमा पाइने

Advertisement

काठमाडौं । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रालिले ‘नाव अर नेभर– ड्राइभ होम टियागो इभि एट प्रि–बजेट प्राइस’ आयोजना गर्न लागेको छ । 

यस अफर अन्तर्गत नयाँ आर्थिक वर्षको बजेट नीतिका कारण मूल्य बढेको भएपनी सीमित स्टक प्रि–बजेट मूल्यमा प्राप्त गर्न सकिनेछ । आफुले चाहेको स्थानमा नै पुरानो गाडीको मूल्याकंन र टेस्ट ड्राभभको सुविधा रहेको छ ।  

Advertisement

यसका साथै आकर्षक एक्सचेन्ज बोनस, अटोप्लस इन्स्योरेन्स, २ वर्षको सवारी कर र एक्सेसरिजहरु रहेका छन् । यो योजना यहि जुन २० देखी २२ सम्म नेपालभर रहेका टाटा मोटर्सको सबै शोरुमहरुमा लागु हुनेछ । 

टाटा इभी यसको मूल्य तथा साइज कारण पनि ग्राहकहरु यसमा आकर्षित भएका हुन । टाटा टियोगो इभी आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङ्गका लागि सहज, किफायती र वातावरण मैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको छ । टाटा आफैमा प्रतिष्ठित तथा विश्वसनिय ब्राण्ड भएको र भारतमा निर्मित यस गाडी भौगोलिक हिसावले पनि नेपालका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । 
 

Advertisement

Advertisement