शेयर बजारमा झिनो सुधार हुँदा ३ अर्ब ४० करोडको कारोबार, वित्त समूहमा झुम्मिए लगानीकर्ता

Advertisement

काठमाडौं । केही दिन यता घटिरहेको शेयर बजारमा आज झिनो सुधार देखिएको छ । 

बजार आज २.२७ अंकले उचालिएको हो । ०.१० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०७८.७६ अंकमा पुगेको छ । 

Advertisement

नेप्से केही उचालिंदा विकास बैंक, होटल, लगानी, जीवन बीमा, उत्पादनमूलक, ट्रेडिङ र म्युचुअल फण्ड भने घटेका छन् । वित्त समूह सबैभन्दा बढी २.६२ प्रतिशतले बढेको छ । 

undefined

आज ३०८ कम्पनीका ७२ लाख ९ हजार ७ सय ५७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४० करोड, ४३ लाख ७२ हजार ६ सय ३२.६४ रुपियाँ बराबरको कारोबार भएको छ । 

नेपाल फाइनान्स, समाज लघुवित्त, कुथेली बुखरी हाइड्रो, मन्दाकिनी हाइड्रो र सामलिङ पावरका लगानीकर्ताहरुले क्रमशः ९.९९, ९.८८, ९.३८, ८.२८ र ८.०८ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.८८ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज नेपाल फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २० करोड २३ लाख ३८ हजार १ सय ४०.६० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार १७.०४ अंकले बजार घट्दा ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार ५ सय ५१.८५ रुपियाँ र हिजो मंलबार १८.७६ अंकले बजार घट्दा ४ अर्ब ५ करोड ५७ लाख ३७ हजार ८ सय ८४.३२ रुपियाँ बराबरको कारोबार भएको थियो । सोमबार भने बकर इदको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द थियो । 
  
 

Advertisement

Advertisement