काठमाडौं । वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीहरुका लागि कम लागतमा कर्जा प्रवाह गर्न एभरेष्ट बैंक र शैक्षिक परामर्श सेवा प्रदायक क्षेत्रको अग्रणी संस्था एईसीसीबीच साझेदारी भएको छ ।
विद्यार्थीहरुलाई सहज र सहुलियतरुपमा वित्तीय सेवा उपलब्ध गराउन एभरेष्ट बैंकसँग यस्तो समझदारी गरेको एईसीसीले जनाएको छ । समझदारीअनुसार एईसीसीमार्फत विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाई कम ब्याजदर र न्यूनतम् सेवा शुल्कमा शैक्षिक ऋण उपलब्ध गराइने छ । यसबाट विद्यार्थी र उनको परिवारलाई कम आर्थिक व्ययभार पर्ने कम्पनीको विश्वास छ ।
समझदारीको उद्देश्य विदेश अध्ययन गर्न चाहने तर आर्थिक स्रोतको कारण समस्यामा परेका विद्यार्थीहरुलाई सहज र सहुलियत दरमा ऋण उपलब्ध गराएर शिक्षाको पहुँचलाई सहज बनाउनु हो भन्दै कम्पनाीले विदेश अध्ययनका लागि जानेहरुलाई वित्तीय सहच बनाउन यो समझदारीले सहयोग पुग्ने बताएको छ ।
शर्तअनुसार एभरेष्ट बैंकले एईसीसीका सेवाग्राही विद्यार्थीलाई मात्रै शैक्षिक कर्जाको ब्याजदर ३.५ प्रतिशत नलिएर २ प्रतिशतमा मात्रै कर्जा उपलब्ध गराउने छ । साथै, त्यस्तो कर्जामा सेवा शुल्क पनि ७.७५ प्रतिशत नलिएर ०.५ प्रतिशत मात्रै लिई पारदर्शीरुपमा कर्जा उपलब्ध गराइने छ । विद्यार्थीहरुलाई बिना झन्झट सात कार्यदिनभित्र शैक्षिक कर्जा प्रदान गरिने भन्दै बैंकले विद्यार्थीहरुलाई उनीहरुको शिक्षाको वित्तीय व्यवस्थापन प्रभावकारीरुपमा गर्न मद्दत गर्न आफूहरु प्रतिवद्ध रहेको जनाएको छ ।
विश्वभर नौसयभन्दा बढी विश्वविद्यालय तथा अन्य शैक्षिक साझेदारहरु रहेको एईसीसी ‘सक्सेस रेट’ सबैभन्दा राम्रो रहेको शैक्षिक परामर्श सेवा प्रदायक संस्थामा पर्दछ । आफूहरुले अनुभवी परामर्शदातामार्फत विद्यार्थीहरुलाई सही मार्गदर्शन गर्दै आएको एईसीसीको भनाई छ ।