मालढुंगा–बेनी सडक कालोपत्रे गर्न १३ दिन यातायात बन्द

Advertisement

पर्वत । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको मालढुंगा–बेनी सडक कालोपत्र गर्न सुरु गरिएको छ ।

१३ किलोमिटर लामो मालढुंगा-बेनी सडकको मालढुंग-फर्से ५ किलोमिटर खण्डमा मात्र कालोपत्रे गरिने जोमसोमस्थित कालीगण्डकी करिडोर मालढुंगा-बेनी-जोमसोम-कोरला सडक आयोजना कार्यालयले जनाएको छ ।

Advertisement

पहिलो चरणमा यो खण्ड कालोपत्रे गरिसकेपछि ७ किलोमिटर बाँकी रहनेछ ।

सडक कालोपत्रे गर्न १३ दिन यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकमा भएको सहमतिअनुसार एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सवारीसाधनलाई भोलि असार ८ गते शनिबारदेखि २० गतेसम्म अन्य सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने छ ।

मौसम अनुकूल भएमा १३ दिनमा कालोपत्रको पूरा हुने उनले बताए ।

उक्त सडक स्तरोन्नतिका लागि २०७७ चैतमा संयुक्त लगानीको एपेक्स-खड्का-कृष्णले ५२ करोड ८६ लाख रुपियाँमा सडक विभागसँग सम्झौता गरेको थियो ।

करिब ६ मिटरको हाराहारीमा रहेको सडकलाई ९ मिटर फराकिलो बनाएर एक मिटरको नाली र दुई लेनमा ८ मिटर चौडाइका दरले कालोपत्रे गरिने आयोजनाले जनाएको छ ।

Advertisement

Advertisement