शेयर बजारमा सुधार, ३ कम्पनीमा पोजेटिभ सर्किट, ५ अर्ब बढीको कारोबार

Advertisement

काठमाडौं । केही दिन यता घटिरहेको शेयर बजारमा साताको पहिलो दिन आज भने दोहोरो अंकको सुधार आएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११.५८ अंकले उचालिएको हो । ०.४४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५८८.३५ अंकमा पुगेको छ । 

Advertisement

समग्रमा बजारमा सुधार आए पनि वित्त, होटल, उत्पादनमूलक, लघुवित्त र म्युचुअल फण्ड भने घटेका छन् । बाँकी समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी बैंकिङ समूह १.०१ अंकले बढेको हो । 

undefined

आज ३२५ कम्पनीका १ करोड २४ लाख ८५ हजार ७ सय ३१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६ सय ९०.६९ रुपियाँ बराबरको कारोबार भएको हो । 

आज विभिन्न ३ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । इन्टर्न हाइड्रो, आत्मनिर्भर लघुवित्त र सुपरसाङ्गे हाइड्रोका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाएका हुन् । 

त्यस्तै रावा इनर्जीका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.६५ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज सीईडीबी हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २७ करोड ८० लाख २७ हजार ७ सय १५.७० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

Advertisement

Advertisement