काठमाडौं । श्री एयरलाईन्सले क्यानाडाको तत्कालीन बम्बार्डियर हाल डि हाभिलैण्ड अफ क्यानाडा निर्मित ८० सिट क्षमताका विमान कल साइन नाइनएन– एओएम थपेको छ ।
यस अघि संयुक्त राज्य अमेरीकाको होराइजन एयर तथा अलास्का एयरद्वारा संचालनमा रहेका उक्त जहाज क्यानाडाको तत्कालीन बम्बार्डियर हाल डि हाभिलैण्ड अफ क्यानाडा निर्मित ८० सिट क्षमताका क्यु ४०० ड्यास ८ विमान अत्यन्तै आरामदायक, सुरक्षित तथा यात्रुहरुलाई कम ध्वनी अनुभुति दिने र भरपदों क्यानाडाको प्राट एण्ड व्हिएनी कम्पनीबाट निर्मित ५४०० साफ्ट हर्षपावका पीडब्ल्यु १५० ए, इन्जिन जडित भएको विमान हो।
उक्त जहाज श्री एयसलाईन्सका पाइलटहरु द्वारा संयुक्त राज्य अमेरिकाको अरेगन राज्यको पोर्टलैण्डबाट मिनेसोटा राज्यको डुलुव, क्यानाडाको गुजवे, आइसलैण्डको केफलामिक, चेकको प्राग, इजिप्टको काइरो, ओमानको मस्कट हुदै अंदाजी १०,४०० माइलको दुरी करीब ३३ घण्टाको उडान तथा तीन रात्री विसान पछि आज त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलमा आज विमान अन्दाजी १ वजे अवतरण भएका छन् ।
सन् २०१७ बाट ५० सिट क्षमताका २ वटा सि आर जे २०० तथा ७० सिट क्षमताको २ वटा सि बार जे ७०० जेट विमानहरुवाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान संचालन शुरु गरि छोटो समयमा आन्तरिक हवाई सेवामा उत्कृष्ट सेवा प्रदायक हुन सफलता प्राप्त गरेको छ।
श्री एयरलाईन्सले सेवा शुरु गरिसके पछि यात्रुहरुले सहुलियत भाडादरमा यात्रा गर्न पाएका छन्। सि आर जे २००र७०० तथा क्यु ४०० ड्यास गरि १० विमानहरुवाट काठमाडौ विमानस्थलवाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगंज, धनगढी, पोखरा, सुर्खेत आदि विमानस्थलहरुमा र पर्वतीय उडानहरु नियमित रुपमा हवाई सेवा संचालन गरिरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रक्रियाहरु यथाशीघ्र पुरा गरी उक्त विमानबाट श्री एयरलाईन्सले आफ्ना आन्तरिक सेवाको गन्तव्यहरुमा थप उडान गरि भरपर्दो सेवा सुचारु रुपले संचालन गर्दै जाने जनाएको छ ।