काठमाडौं । भोटेकोशी नदीमा ‘२२ औं हिमालयन ह्वाइटवाटर च्यालेन्ज’ यही असार १० र ११ गते आयोजना हुने भएको छ ।
नेपाल एसोसिएसन अफ राफ्टिङ्ग एजेन्सिज (नारा) ले नेपाल पर्यटन बोर्ड र संस्कृतिक पर्यटन तथा सहकारी मन्त्रालको सहकार्यमा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी नदीमा राष्ट्रिय स्तरको ‘२२ औं हिमालयन ह्वाइटवाटर च्यालेन्ज’ कार्यक्रमको आयोजना गर्न लागेको नाराका अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार नेपालको जलयात्रा व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय स्तरको प्रतिष्पर्धात्मक जलयात्रा आयोजना गर्न लागिएको हो । यस प्रतिष्पर्धामा राफ्टिङ्ग र कायकिङ्ग गरी दुई वटा खेलका अनुभवीहरुले प्रतिष्पधा गर्न पाउने बताए । नेपालका १ सय जना र विदेशी २० जना गरी राफ्टिङ्ग र कायकिङ्ग खेलाडीले यस प्रतिष्पर्धामा सहभागी हुने आंकलन छ ।
प्रतियोगितामा राफ्टिङ्गतर्फ विजयी हुने प्रथम खेलाडीले ५० हजार रुपियाँ, दोस्रोले ४० हजार रुपियाँ र तेस्रो खेलाडीलाई ३० हजार रुपियाँ मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
त्यस्तै, कायकिङ्ग खेलतर्फ प्रथम खेलाडीले २० हजार , दोस्रोले १५ हजार र तेस्रो खेलाडीले १५ हजार साथै मेडल र प्रमाणपत्र पाउने छन् ।