महाकालीपूर्वका सबै भूभाग नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट छः दाहाल

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट रहेको बताएका छन् ।

मंगलबार संसदमा उनले सुगौली सन्धीअनुसार महाकाली पूर्वका सबै भूभाग नेपालको भएको बताए । दाहालले भने, ‘सरकार सुगौली सन्धी १८१६ बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा दृढ र स्पष्ट छ ।’ 

Advertisement

आफूले भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा समस्या समाधानको विषयमा भारतीय समकक्षीसँग कुरा राखेको दावी गर्दै दाहालले त्यसमा सकारात्मक प्रतिक्रिया पाउँदै आएको बताए ।

प्रधानमन्त्री दाहालले नेपालको सीमाका विषयमा नेपालीहरुका बीचमा अभुतपूर्व राष्ट्रय सहमति कायम रहेको पनि बताए । उनले नेपालको अन्तर्राष्ट्रिय सीमाबारे सरकार र आफूहरु स्पष्ट रहेको भन्दै २०७७ असार ४ गते संविधान संशोधनमार्फत नयाँ नक्सा समेटी नेपालको निसान छाप अद्यावधिक गरिनु रहेको बताए ।

नयाँ नक्सा अनुसारको भूभागमा नेपालको भोगाधिकार स्थापित हुन नसकेको भनेर प्रश्नमा दाहालले नेपाल–भारतका दुई पक्षीय संयन्त्र क्रियाशील गराएर समस्या समाधानका लागि पहल गरिरहेको बताए ।

Advertisement

Advertisement