गगनले प्रधानमन्त्रीलाई भने– म जादुगर हो भने जस्तो गरी यताउती उफ्रिने काम छोडिदिनु

‘सरकार एमाले, माओवादी, घण्टीबण्टी, जो—जोले चलाएका छन्, चलाउन, त्यता हामी हेर्दैनहेरौँ’

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेस पार्टी निर्माणमा लाग्नुपर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले कांग्रेस आफ्नो पार्टी निर्माणमा लाग्नुपर्ने बताएका हुन् । 

सरकार अहिले चलाइरहेका राजनीतिक दलहरुलाई नै चलाउन छोडिदिएर काँग्रेसले आगामी निर्वाचनमा कम्तिमा सय सिट ल्याउने गरी लाग्न पार्टीका नेता÷कार्यकर्ताहरुलाई आग्रह गर्दै थापाले २०८४ सम्म काँग्रेसले सरकारतिर फर्किएर हेर्नै नहुने र यो बीचमा पार्टी निर्माणमा लाग्नुपर्ने बताए । 

Advertisement

उनले म जादुगर हो भनेजसरी यताउती उफ्रिने काम प्रधानमन्त्री पुष्पकमल दाहाललाई छोडिदिन सल्लाह पनि दिए । थापाले भने, ‘यो सरकार जसले चलाइरहेको छ, यसलाई चलाउन दिउँ । एमाले, माओवादी, घण्टीबण्टी, जो—जोले चलाएका छन्, चलाउन दिउँ । चलाउन् । सरकारतिर हामी हेर्दै नहेरौँ । र यत्ति राम्रोसँग हामी पार्टी निर्माण गरौँ कि, पार्टीलाई स्वच्छ पनि पारौँ, बलियो पनि बनाऔँ । तलैबाट पार्टीको एकता पनि गरौँ । हार्दिकता पनि बनाऔँ ।’ 

उनले थपे, ‘धेरै पनि भन्दिनँ म, २०८४ सालमा कम्तिमा पनि सय सिट जित्ने गरिकन र ४० प्रतिशत मत ल्याउन सक्ने गरीकन गयौँ भने यही मिश्रित प्रणालीमा एकल सरकार चलाउने तागत मात्रै होइन, संविधानमा लेखिएका यि कुराहरुलाई सकारात्मक ढंगले कार्यान्वयन गर्नसक्ने त्यो तागत पनि नेपाली काँग्रेसले राख्छ । त्यस्तो तागत भएको पार्टी नेपाली काँग्रेसलाई बनाउनु पर्छ । यता मिल्ने, उता मिल्ने, उसँग मिल्ने कुरा छोडिदिऔँ । म जादुगर हो भनेको जस्तो गरी यता उफ्रिने, उता उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिऔँ । यो उहाँहरुकै जिम्मा हो । यो बीचमा पार्टी निर्माण गर्ने काममा लागौँ ।’

Advertisement

Advertisement