झलनाथ खनालको कोटामा परेर नियुक्त भएका नेपाल वायुसेवा निगमका अध्यक्ष निलम्बित

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज खतिवडा निलम्बित भएका छन् । नागरिक उड्डयन प्राधिकरणले वाइडबडी जहाज ए ३३०, नाइन एन–एएलवाई जहाज सी–चेकका लागि अनुमति नलिई इटाली पठाएको भन्दै तत्कालका लागि कामकारवाही गर्न रोक लगाएको हो । 

यसरी निलम्बित हुनेमा निगमका अप्रेसन डाइरेक्टर दीपु ज्वारचन पनि छन् । क्याप्टेन महेशमान डंगोल, रमन घिमिरे र क्यामो म्याजेनर ज्ञानबहादुर कुँवरलाई पनि निगमले ग्राउण्डेड गरेको छ । निगमको पत्रअनुसार अर्को निर्णय नगरेसम्म उनीहरुले कुनै पनि निर्णय र कामकारवाही गर्न पाउने छैनन् । अधिकारीलाई तत्कालिन सरकारले नेता झलनाथ खनालको कोटाबाट निगमको अध्यक्ष नियुक्त गरेको थियो । उनले कार्यकारी अधिकार समेत प्रयोग गर्दै आएका छन् । 

Advertisement

प्राधिकरणले अध्यक्ष अधिकारीलाई एकाउन्टेबल म्यानेजरको रुपमा काम गर्न रोक लगाउँदै पत्र काटेको छ । अधिकारीले यी जहाजहरु बिना अनुमति मर्मतका लागि पठाएका थिए । त्यसरी पठाउँदा उनले सी–चेक गराउने कम्पनीको समेत अनुमति नलिएको पाइएको प्राधिकरणको भनाई छ । 

प्राधिकरणको नियमावलीअनुसार जहाजको नियमित मर्मत तथा सबै प्रकारको मर्मतका लागि प्राधिकरणसँग पूर्वसहमति लिनुपर्नेमा नलिएकाले कारवाही गर्नुपरेको प्राधिकरणका एक अधिकारीले बताए । 

Advertisement

Advertisement