शेयर बजारमा दुई दिनपछि देखियो दोहोरो अंकको करेक्शन, चार अर्ब पाँच करोडको कारोबार

Advertisement

काठमाडौं । दुई दिन लगातार झिनो सुधार देखिएको शेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११.६० अंकले तल झरेको हो । ०.५६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०६०.१६ अंकमा झरेको छ । 

Advertisement

समग्रमा बजार घटे पनि वित्त, म्युचुअल फण्ड र ट्रेडिङ समूह क्रमशः ०.४५, ०.१४ र ०.२२ प्रतिशतले बढेका छन् । अरु राताम्मे भएका छन्, सबैभन्दा बढी विकास बैंक समूह १.०३ अंकले घटेको छ । 

undefined

आज ३०५ कम्पनीका ८७ लाख २७ हजार १ सय ६४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ८० लाख ४७ हजार ७ सय ३४.२२ रुपियाँ बराबरको कारोबार भएको हो । 

सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताहरुले ९.५५ प्रतिशतले नाफा कमाएका छन् भने साधना लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.३८ प्रतिशतले घाटा व्यहोरेका छन् । 

त्यस्तै नेपाल फाइनान्सको आज उच्च कारोबार भएको छ । उक्त कम्पनीको १६ करोड ४६ लाख १८ हजार ८ सय ३०.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।  

साताको पहिलो दिन आइतबार शेयर बजार ५.३७ प्रतिशतले घट्दा ४ अर्ब ३७ करोड, ४५ लाख ९७ हजार ४ सय ५८.६५ रुपियाँ, सोमबार बजार ३.२१ अंकले बढ्दा ५ अर्ब ७ करोड ७२ लाख ५५ हजार १ सय १६.१५ रुपियाँ र हिजो मंगलबार बजार ५.६० अंकले बढ्दा ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार ८ सय ३३।८९ रुपियाँ बराबरको कारोबार भएको थियो । 

Advertisement

Advertisement