ईभीमा आकर्षण बढिरहेका बेला महिन्द्राले पनि ल्यायो आकर्षक मूल्यमा ‘एक्सयूभी ४००’

Advertisement

काठमाडौं । भारतीय अटोमोवाइल कम्पनी महिन्द्राको विद्युतीय गाडी (ईभी) नेपाली बजारमा भित्रिएको छ । महिन्द्राका लागि नेपालको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले महिन्द्रा एक्सयुभी ४०० नेपाली बजारमा भित्राएको हो । 

कम्पनीले यसको सुरुवाती मूल्य ५२ लाख ५० हजार निर्धारण गरेको छ । कुल ३९.५ किलोवाट आवरको ब्याट्री रहेको यो गाडीले १५० पिएस पावर र ३१० एनएम टर्क जेनरेट गर्ने कम्पनीले जनाएको छ । 

Advertisement

‘फन, फास्ट एन्ड फेयरलेस’ नारा रहेको यो गाडीले ८.३ सेकेन्डमा शुन्यदेखि १०० किलोमिटरको स्पिड लिन सक्छ ।

महिन्द्रा एक्सयुभी ४०० मा १९० मिलिमिटर ग्राउन्ड क्ल्यरेन्स र ३७८ लिटरको बुट–स्पेस रहेको छ । 
यो एभरेस्ट ह्याइट, नापोली ब्ल्याक, ग्ल्यालेक्सी ग्रे र आर्टिक ब्लु रङ्ग अप्सनमा उपलब्ध छ ।

कम्पनीले यसको ब्याट्री र मोटरमा आठ बर्ष वा एक लाख ६० हजार किलोमिटर र गाडीमा तीन वर्षको वारेन्टी दिएको छ ।

Advertisement

Advertisement