रिद्धि सिद्धि सिमेन्टद्वारा 'मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द एअर' छात्रवृत्ति कार्यक्रमको पुनः घोषणा

Advertisement

काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरि “मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द एअर २०८१” को छात्रवृत्ति कार्यक्रम पुन संचालनमा ल्याएको छ । 

छात्रवृत्ति अन्तर्गत २०८० मा परीक्षा दिएको र २०८१ सालमा नतिजा प्राप्त भई एसईईमा उत्तीर्ण भएका सम्पूर्ण मकवानपुर जिल्लाको विद्यार्थीहरुलाई लक्षित गरी उक्त एसईई परीक्षामा ३.५ जिपिएदेखि ४ जिपिए ल्याएको खण्डमा यस छात्रवृत्ति कार्यक्रममा सहभागिताको लागि योग्य मानिने छ ।

Advertisement

गत सालमा आयोजना  गरिएको “ूमकवानपुर स्मार्ट स्टूडेण्ट अफ द एअर २०८०ू” छात्रवृति कार्यक्रममा कुल ११ विद्यार्थी लाभान्वित भएका थिए । पछिलो वर्षको छात्रवृति कार्यक्रमको भब्य र सभ्य सफलता पश्चात कम्पनीद्वारा यस २०८१ सालमा थप ४ विद्यार्थीको संख्यामा वृद्धि गरि कुल १५ जना स्मार्ट विद्यार्थीलाई मकवानपुरकै उत्कृष्ट छात्रवृति प्रदान गरिने छ ।

छात्रवृत्ति अन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा रु. ५०००/–, दोश्रो हुनेलाई रु. ३५००/–, तेश्रो हुनेलाई रु. २५००/– साथै सान्त्वना स्वरुप थप १२ विद्यार्थीलाई मासिक रुपमा रु.१५००/– कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने छ । 

यस छात्रवृत्ति कार्यक्रममा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेवसाईट  वा फेसबुक पेजमा उल्लेखित गरिएको  उल्लेखित क्यूआर कोडमा स्क्यान गरी फारम भर्न सकिने छ । आवेदकको फारम बुझाउने अन्तिम मिति २३ असार, २०८१ तोकिएको छ ।


    


 

Advertisement

Advertisement