विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न नाम दर्ता प्रारम्भ भइसक्योः थपलिया

Advertisement

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा बस्ने नेपालीको मताधिकारलाई सुनिश्चित गर्न मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ भएको बताएका छन् । 

शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले राजनीतिक दलहरुसँग पटक पटक छलफल गरेर कार्यविधि पनि अहिले स्वीकृतिको चरणमा रहेको जानकारी दिए । थपलियाले मलेसियासहित खाडीका अन्य ६ वटा मुलुकबाट मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ गरेको बताए । 

Advertisement

थपलियाले सरकार र परराष्ट्र मन्त्रालयले सहयोग गरेको खण्डमा विदेशमा रहने नेपालीहरुको मतदाता नामावली संकलन पूर्ण हुने बताए । उनले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिने हो भने पहिलो प्राथमिकता वास्तविक नेपाली नागरिक र वास्तविक मतदाताहरु रहेको ठाउँलाई दिनुपर्ने बताए । 

नेपालको माया र सेवा सुविधा बसेको देशको लिनेहरुलाई दोस्रो प्राथमिकतामा राखेर आयोगले मतदाता नामावली संकलन गरिरहेको बताउँदै उनले बाह्य मतदान ? स्थानीय तह, प्रतिनिधि सभा कहाँ कहाँ दिने भन्नेबारेमा पनि विस्तृत छलफल हुनुपर्ने थपलियाले बताए । 

उनले निर्वाचन आयोग अहिले प्रतिनिधि सभाको समानुपातिकतर्फ मात्रै मतदानको अधिकार दिनुपर्छ भन्ने निस्कर्षमा रहेको पनि बताए । थपलियाले भने, ‘हामीले विदेशमा बस्ने नेपालीको मताधिकारलाई सुनिश्चित गर्नका निम्ति कम्तिमा मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ गरौँ भन्यौँ । राजनीतिक दलहरुसँग पटक पटक छलफल गरेका छौँ । कार्यविधि पनि अहिले स्वीकृतिको चरणमा छ । त्यति बेला हामीले कहाँ जाने भन्दा हामीले के निधो ग¥यौँ भने मलेसिया र खाडीका ६ वटा मुलुकबाट प्रारम्भ गरौँ न त मतदाता दर्ता चाहिँ प्रारम्भ गराँै भनेर हामीले एउटा अभ्यास प्रारम्भ गरेका थियौँ । यसमा विशेष गरेर सरकार र परराष्ट्र मन्त्रालयको सहयोग हामीलाई चाहिन्छ । नभए हामी एक्लैले गर्नसक्ने अवस्था छैन ।’ 

उनले थपे, ‘तर यो गर्दैगर्दा हामीले अलिकति सोचेको कुरा के हो भने फेरि पनि विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिने हो भने पहिलो प्राथमिकता त्यो ठाउँमा दिनुप¥यो, जहाँ एउटा पिओर सिटिजन र पिओर भोटर्स भनेको त्यहीँ रहेछ, किनभने उसले जति प्रयत्न गरे पनि त्यहाँको नागरिक हुनै सक्दैन । त्यसलाई पहिलो प्राथमिकता दिऔँ । उताको सेवा सुविधा, यताको मायाा भन्ने मोडलकालाई दोस्रो प्राथमिकतामा राखौँ । यतैप्रति हामी बढी आकर्षित छौँ । यताकाले बढी गतिलो आवाज दिन सक्दैन । त्यो पनि थाहा छ हामीलाई । त्यसैले आयोगको फोकस त्यतातिर भएको हुँदा आयोग दिग्भ्रमित छ कि ठिकै गर्दैैछ ? त्यो पनि छलफल गर्नुहोला ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले अहिले दोहोरो नागरिकता, डिभी, पिआर, नेपाली नागरिकको विषय र मतदानको अधिकारको विषयमा विश्लेषण गर्नुपर्ने बेला आएको बताए । उनले निर्वाचनको मुल मन्त्र निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वासिलो हुनुपर्ने रहेको बताए । 

Advertisement

Advertisement