एक जनाको ज्यान जानेगरी रोयल इन्फिल्डको र्यालीमा भएको त्यो दुर्घटना...

Advertisement

काठमाडौं । विभिन्न ब्राण्डका अटोमोवाइल कम्पनीहरुले समय–समयमा कार्यक्रमहरु गरिरहन्छन् । सवारी साधन बिक्रेताहरुका लागि र्यारी प्रमुख इभेन्टमध्येको एक हो । 

यस्तो इभेन्टले ब्राण्डको राम्रो ब्राण्डिङ हुने हुनाले पनि नेपालमा आयातकर्ता कम्पनीहरु यस्तो र्याली आयोजना गर्न बढी लालयीत हुने गरेको देखिन्छ । 

Advertisement

तर र्यालीमा सडक दुर्घटनाको जोखिम त्यत्ति नै हुने भएकाले आयोजकले सुरक्षाका विभिन्न प्रोटोकल (मापदण्ड) बनाएका हुन्छन् । यस्ता प्रोटोकलले दुर्घटनाको सम्भावना न्यून गर्न सहयोग गर्दछ । 

केही दिनअघि दुई पांग्रे ब्राण्ड रोयल इन्फिल्डले गरेको र्यालीमा भने ठूलो दुर्घटना भएको पाइएको छ । 
अल्फा अटोमोटिभ्स नामक कम्पनीले नेपालमा बिक्री गर्दै आएको रोयल इन्फिल्डको र्यालीमा भएको यो दुर्घटनामा मानिसको ज्यान समेत गएको थियो । 

अल्फा यसको आधिकारिक वितरक बनेपछि भएको सम्भवतः ठूलो कार्यक्रम जेठ ११ र १२ मा भएको थियो । र्यालीमा भएको उक्त दुर्घटनामा हेटौडाका ४४ वर्षीय दिनेश कार्कीको ज्यान गएको थियो। 

यस्तो थियो इभेन्ट
अल्फा अटोमोवाइलले जेठ ११ र १२ गते बाइकर ‘फेस्ट २०२४’ आयोजना गरेको थियो । र्यालीमा सहभागी हुन रोयल इन्फिल्ड प्रयोगकर्ताले जनही पाँच हजार तिरेका थिए । 

त्यस्तै एउटै मोटरसाइकलमा दुई जना जानेको हकमा भने कुल ११ हजार तिर्नु व्यवस्था गरिएको थियो । दुई सयभन्दा धेरै मोटरसाइकलमा २५० हाराहारीमा सहभागिता रहेको र्यालीमा काठमाडौंबाट एउटा टोली सहभागी भएको थियो भने चितवन, हेटौंडा आसपासका राइडरहरुको अर्को टोली मुग्लिनबाट जोडिएको थियो । ​

undefined

मुग्लिनमा दुई टोली भेट भएर बन्दिपुरतर्फ लागे । बन्दिपुर पुगेपछि विभिन्न कार्यक्रम भयो । कम्पनीले प्रतिव्यक्ति पाँच हजार उठाए पनि खाने बस्ने व्यवस्था भने राम्रो नगरेको सहभागीहरुको गुनासो छ । 

एक सहभागीले भने, ‘एउटै कोठामा चार जनासम्म राखिएको थियो । कतिपय कोठामा त फ्यान समेत थिएन् ।’ दिनभरी मोटरसाइकल चलाएर गएका राईडर राती राम्रोसँग निदाउन नसकेको बताउँदै उनले राईडरहरुको थकाई समेत नमरेको बताए । 

कार्यक्रमको दोस्रो दिन बन्दिपुरबाट फर्किएपछि मुग्लिनबाट एउटा टोली काठमाडौं र अर्को टोली हेटौंडा तर्फ लाग्यो । हेटौंडाको टोली गन्तब्यमा नपुग्दै राईडर दिनेश कार्की सवार बा.प्र.–०३–००४ प ६९७३ नम्बरको मोटरसाइकल हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ७७२१ ट्रकसँग ठोक्कियो । कार्की गम्भीर घाइते भए । उनको सोही दिन उपचारको क्रममा मृत्यु भयो । 

null

ब्राण्डका प्रवद्र्धन गर्न अल्फा अटोमोटिभले आयोजना गरेको कार्यक्रममा राइडरको मृत्यु भए पनि कम्पनीले उनको परिवारको कुनै राहत र क्षतिपूर्ति नदिएको पीडित पक्षको भनाई छ । र्याली अगावै राईडर र कम्पनीबीच संभावित दुर्घटनालगायतको बारेका सम्झौता भएको हुनाले कुनै राहत वा क्षतिपूर्ति दिन जरुरी नरहेको कम्पनी पक्षको भनाई छ । 

अल्फा अटोमोटिभका प्रवन्ध निर्देशक मेघराज पौडेलले मृतक कार्कीको परिवारलाई राहत र क्षतिपूर्ति दिने योजना नरहेको बताए । उनले भने, ‘र्याली अगाडि नै हाम्रो र राईडरकाबीच बन्डिङ भएको हुन्छ । बीमा लगायतको कुरा पनि उहाँहरुले गर्नु पर्छ । दुर्घटनाको समयमा मोटरसाइकल र ट्रक दुबै ओभर स्पिडमा रहेछ । दुर्घटनापछि हामी कम्पनीको तर्फबाट घरमै पुगेर समवेदना पनि दियौं ।’ 

Advertisement

Advertisement