रोचक खेलसहित आईसीसी टी–ट्वान्टी विश्वकपको उपाधि दोस्रो पटक इण्डियाको हातमा

Advertisement

काठमाडौं । रोचक खेलका साथ सन् २०२४ को आईसीसी टी–ट्वान्टी विश्वकपको उपाधि पुनः इण्डियाले हात पार्न सफल भएको छ । अन्तिम समयमा दक्षिण अफ्रिकाले खेलमा लय समाउन नसक्दा इण्डियाले पुनः विश्वकप जित्ने मौका पाएको हो । 

संयुक्त राज्य अमेरिका र वेस्ट एन्डिजमा जारी विश्वकप क्रिकेटको आज शनिबार भएको फाइनलमा इण्डियाले दक्षिण अफ्रिकालाई ७ रनले हराएको हो । 

Advertisement

टस जितेर सुरुमा व्याटिङ गरेको इण्डियाले सात विकेट गुमाउँदै दक्षिण अफ्रिका सामु १७७ रनको लक्ष्य प्रस्तुत गरे पनि दक्षिण अफ्रिकाले सात विकेट कै क्षतिमा १६९ रन मात्रै बनायो । 

सत्र ओभरसम्मको खेल निकै राम्रो खेल पनि अन्तिम तीन ओभरमा भने दक्षिण अफ्रिकाले लय समाउन नसक्दा खेलको नजिता अनुमानभन्दा विपरित आएको हो । 

सन् २००७ मा विश्वकप जितेपछि अहिले इण्डियाले दोस्रो पटक विश्वकप जितेको हो । यस पटकको विश्वकप खेलमा अपराजित रहँदै इण्डियाले विश्वकपको उपाधि हात पार्न सफल भयो । सन् २००७ मा इण्डियाले दक्षिण अफ्रिकालाई नै रहाएको थियो । 

दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ५२ रन बनाए भने क्वान्टिन डी ककले ३९, ट्रिस्टान स्ट्रब्सले ३१, डेविड मिलरले २१, एइडेन मक्रम, रेजा हेन्ड्रिक र कासिगो रबाडाले ४–४ रन बनाए । 

इण्डिाका लागि हार्दिक पान्ड्याले तीन, अर्शदीप सिंह र जसप्रित बुमराहले दुई–दुई तथा र अक्षर पटेलले एक विकेट लिए । 

Advertisement

Advertisement