एनआईसी एशिया बैंकले शुरु गर्यो मास्टरकार्ड इन्स्योरेन्स सेवा

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ मास्टरकार्ड इन्स्योरेन्स सेवा शुभारम्भ गरेको छ । आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमका बीच उक्त कार्ड इन्स्योरेन्स सेवाको शुभारम्भ गरिएको हो ।

डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टरकार्ड बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट ग्राहकहरुले प्राप्त गर्न सक्ने छन् । जसमा अत्याधुनिक सुरक्षा प्रविधि तथा अत्याधुनिक कन्ट्रयाकलेस प्रविधि समेत प्रयोग गरिएको छ । यस कार्डमार्फत ग्राहक महानुभावहरुले नेपाल, भारत र भुटानबाट एटीएम बीथड्रको  साथमा पीओएस तथा ई–कमर्श भुक्तानी लगायतको सुविधा उपभोग गर्न सक्ने छन् । 

Advertisement

‘डिजिटल फष्ट’ बैंकको रुपमा आफूलाई स्थापित गर्न लागिरहेको बैंक र विश्वविख्यात मास्टरकार्ड बीचको यो सहकार्यले नेपालको बैंकिङ्ग क्षेत्रलाई थप उचाइमा पु¥याउँन ठोस योगदान दिने बैंकले विश्वास लिएको छ । कार्ड बैंकिङ्ग सेवा प्रदायकको रुपमा मुलुकका अग्रणी वाणिज्य बैंकको रुपमा रहेको एन आई सी एशिया बैंकले हालसम्म भिसा कार्डबाट सेवा प्रदान गरिरहेको थियो ।

undefined

बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवम् ५१ वटा शाखारहित शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।  
 

Advertisement

Advertisement