भ्रष्टाचार विवादहरुमा मुछिएका मुख्यसचिव अर्यालविरुद्ध मुद्दा दायर गर्ने अख्तियारको निर्णय

Advertisement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । अर्याल थुप्रै भ्रष्टाचार मुद्दामा मुछिँदै आए पनि अख्तियारले अहिलेसम्म उनीविरुद्ध मुद्दा दायर गर्ने आनाकानी गर्दै आएको थियो । 

अनलाइन खबर डटकमले अख्तियार उच्च स्रोतलाई उल्लेख गर्दै प्रकाशित गरेको समाचारअनुसार सञ्चार सचिव हुँदा गरेका निर्णयहरुका आधारमा अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्न लागिएको हो । उनले गरेको निर्णयले मुलुकको राज्यकोषमा हानि नोक्सानी पुगेको अख्तियारको ठहर छ । 

Advertisement

अमेरिकी अनुदान संस्था एमसीसीसँग सम्झौता गर्न मुख्य भूमिका खेलेका अर्यालमाथि कारवाही गर्न अमेरिकी दूतावासले दबाब रहेको अडहल गरिँदै आएको थियो । अर्याल नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रकरण र सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्कको स्टिकर खरीद गर्ने निर्णयमा मुछिँदै आएका छन् । 

Advertisement

Advertisement