पाँच सय र हजारका नोट प्रतिवन्ध गरियो भने ८० प्रतिशत भ्रष्टाचार रोकिन्छः गुरुङ

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पाँच सय र हजारका नोट प्रतिवन्ध लगाउन सरकारसँग माग गरेका छन् । 

संसदमा बुधबार उनले मुलुकमा आर्थिक सुशासन कायम गर्ने हो भने सरकारले पाँच सय र हजारका नोट प्रतिवन्ध लगाउनुपर्ने बताए । 
गुरुङले ती नोटहरु प्रतिवन्ध गरियो भने मुलुकमा ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुने दावी गरे । 

Advertisement

सोही अनुपातमा गैरकानूनी कारोबार रोकिने र ८० प्रतिशत राजश्व चुहावट नियन्त्रण हुने दाबी समेत उनले गरे । गुरुङले अवैध रुपमा राखिएका धनराशी पनि पाँच सय र हजारका नोटमा प्रतिवन्ध लगाएपछि बाहिर आउने बताए । 

उनले भने, ‘आर्थिक सुशासनका लागि मेरो प्रश्ताव हो यो– पाँच सय र हजारको नोट क्विट गर्न सक्नुपर्दछ । सरकारमा बसेका साथीहरुलाई म यो निवेदन गर्न चाहन्छु सभामुख महोदय । आजको दिनमा यदि आर्थिक सुशासन सुशासन कायम गर्ने हो भने हामीले पाँच सय र हजारको नोट अब क्वीट गरेर जान आवश्यक छ । यदि यी नोटहरु क्वीट ग¥यौं भने ८० प्रतिशत गैरकानूनी कारोवार रोकिन्छ । असी प्रतिशत भ्रष्टाचार नियन्त्रण हुन्छ । र, ८० प्रतिशत राजस्व चुहावट नियन्त्रण हुन्छ । यसरी जाने हो नि त । अनि सिरानी मुनि भएका पैसा, खाटमुनि भएका पैसा, जमिनमुनि भएका पैसा, पानीमुनि भएका सबै पैसा बाहिर आउँछ ।’

गुरुङले युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई ८४ सम्म राजीनामापत्र सुरक्षित राख्न र पानीमा भिज्न नदिन सुझाव पनि दिए । 

Advertisement

Advertisement