मुख्यसचिव अर्याल निलम्बित, अर्यालसहित १२ जनाविरुद्ध ३८ करोडको भ्रष्टाचार मुद्दा दर्ता

Advertisement

काठमाडौं । मुख्यसचिव बैकुण्ठ अर्याल निलम्बित भएका छन् । अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार भ्रष्टाचार मुद्दा दर्ता गरेसँगै उनी स्वतः निलम्बित भएका हुन् । 

अख्तियारले अर्याललगायत १२ जनाविरुद्ध अन्तःशुल्क स्टिकर खरीदमा भ्रष्टाचार गरेको भनी विशेष अदालतमा मुद्दा दायर गरेको हो । ती १२ जनामा अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्य पनि छन् । उनी पनि स्वतः निलम्बित भएका छन् । 

Advertisement

अख्तियारले उनीहरूमाथि ३८ करोड ६७ लाख १७ हजार ६४० रुपियाँ बिगो मागदाबी मुद्दा दर्ता गरेको हो । बहालवाला मुख्यसचिवमाथि भ्रष्टाचार मुद्दा लागेको नेपालको निजामती इतिहासमा यो सम्भवतः पहिलो घटना हो । 

अमेरिकी संस्था एमसीसीसँग भएको अनुदान सम्झौतापछि अमेरिकी दूतावाससँग नजिक भएका कारण अख्तियारले अर्यालविरुद्ध मुद्दा दर्ता गर्न ढिलाई गर्दै आएको थियो । 

Advertisement

Advertisement