कर्पोरेट डेभलपमेन्ट बैंकको साधारणसभा आज, मर्जरका लागि बाटो खोलिँदै

Advertisement

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको वार्षिक साधारणसभा आज (असार १९ गते) बस्दैछ ।

सभा, ​वीरगन्जस्थित बैंकको प्रधान कार्यालयमा बिहान सवा ७ बजेदेखि सुरु हुनेछ । 

Advertisement

सभामा गत आर्थिक वर्ष ०७९/८० को सञ्चालक समिति र लेखापरीक्षकको प्रतिवेदनसहित आव ०७८/७९ को वासलात, नाफा नोक्सान, नगद प्रवाहलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । 

त्यस्तै, सभाले चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, कर्पोरेट डेभलपमेन्ट बैंक र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले जेठ ३२ गते बुकक्लोज गरिसकेको छ ।  जेठ ३१ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउनेछन् । 

Advertisement

Advertisement