नयाँ सत्ता समीकरणले पुँजीबजारमा सुधार हुने अपेक्षा गर्न सकिन्छः ढकाल

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले नयाँ सत्ता समीकरणसँगै पुँजीबजारमा सुधार हुने अपेक्षा आफूहरुले गरेको बताएका छन् । 

नानसँगको कुराकानीमा उनले अस्थिर सरकारलाई स्थिरता दिनेगरी भएको दुई ठूला राजनीतिक दलको समीकरण लगानीकर्ताको लागि सुखद् पक्ष भएको बताए । ढकालले राजनीतिक अनिश्चितताका कारण पूँजीबजारले गुमाएको आत्मविश्वास लयमा आउने विश्वास रहेको बताए । 

Advertisement

उनले मुलुकले नेकपा एमाले र नेपाली काँग्रेसबीच बनेको नयाँ सत्ता समीकरण मुलुकको आवश्यकता भएको तर्क गरे । नयाँ समीकरणले उद्योगी व्यवसायी, लगानीकर्ता र समग्र निजी क्षेत्रलाई उत्साह जगाएको उल्लेख गर्दै ढकालले स्थिर सरकार बनाउँदै आर्थिक नीतिहरु स्थिर बनाउँदै निजी क्षेत्रमैत्री सरकार बन्नुपर्ने बताए । 

स्थिर सरकार भएसँगै निजी क्षेत्र उत्साहित भएर लगानीको वातावरण बन्ने आशावादी भएको उनले बताए । ढकालले उद्योग व्यवसाय, घरजग्गा कारोबार सुस्त भएको कारण बैंकको ब्याजदर व्यवसायीहरुले तिर्न नसकेको अवस्थामा त्यस्ता समस्या समाधानको लागि सरकारले निजी क्षेत्रसँग समन्वय गरेर समस्या समाधान हुनेमा आशा पलाएको बताए । 

उनले भने, ‘यो समीकरणले उद्योगी व्यवसायी, लगानीकर्ता र समग्र निजी क्षेत्रलाई उत्साह जगाएको छ । मुलुकले स्थिर सरकार खाजेको छ । स्थिर सरकारहुँदा नीतिहरु स्थिर हुने र निजी क्षेत्रको लागि राम्रो हुनेछ । स्थिर सरकार भएसँगै निजी क्षेत्र उत्साहित हुन्छ । लगानीको वातावरण बन्छ । स्थिर सरकारले बनाएको नीति कम्तिमा तीन वर्षसम्ममा अर्थतन्त्रका सुधार हुन्छ । उद्योग व्यवसाय,घरजग्गा कारोबार सुस्त भएको कारण बैंकको ब्याजदर व्यवसायीहरुले तिर्न नसकेको अवस्था छ । त्यस्ता समस्या साधानको लागि सरकारले निजी क्षेत्रसँग समन्वय गरेर समस्या समाधान गर्छ भन्ने आशा पलाएको छ ।’

गत सोमवार नेकपा एमाले र नेपाली काँग्रेसबीच नयाँ समीकरण बनाएर राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहालले राजीानामा दिन अस्वीकार गरेका छन् । 

Advertisement

Advertisement