कुमारी बैंकले राख्यो संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । 

बैंकले संस्थापक शेयरधनीको नाममा रहेको पाँच हजार ४९९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । 

Advertisement

यो शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । अतः इच्छुक शेयरधनीले ३५ दिनभित्र बैंकको शेयर रजिस्ट्रार कुमारी क्यापिटल, नक्साल, काठमाडौं वा कुमारी बैंक, प्रधान कार्यालय टंगालमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ । 

शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ । 

साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्तिलाई बिक्री गरिने बैंकले जनाएको छ । 

Advertisement

Advertisement