शिक्षकलाई चालू आवको सम्पत्ति विवरण बुझाउन किताबखानाको आग्रह

Advertisement

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको राष्ट्रिय किताबखाना (शिक्षक) ले देशभरका शिक्षकहरूलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । 

किताबखानाले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक सम्पत्ति विवरण पेस गर्नुपर्ने कानुनी प्रावधानअनुसार सामुदायिक विद्यालयहरूमा कार्यरत रहेका स्थायी शिक्षकलाई आर्थिक वर्ष २०८०/०८१ को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो । 

Advertisement

विवरण बुझाउँदा सम्पत्ति विवरणको फाराम भरी राष्ट्रिय किताबखाना (शिक्षक) मा ०८१ साउन १ गतेदेखि भदौ २८ गतेभित्र अनिवार्य रुपमा पठाइसक्नुपर्नेछ । 

फाराम किताबखानाको वेबसाइटमा उपलब्ध किताबखानाले जनाएको छ । 

undefined


 

Advertisement

Advertisement