आजको मौसम : गण्डकीसहित पाँचवटा प्रदेशमा भारी र धेरै भारी वर्षा हुने

Advertisement

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेकाले मौसमआंशिकदेखि साधारणतया बदली रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

Advertisement

विभागका अनुसार आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ ।

सातै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

त्यसैगरी राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ । राति पनि सबै प्रदेशका अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

Advertisement

Advertisement