जेठमा मात्रै ११ हजार बीमितद्धारा ‘सरेण्डर’, बीमा क्षेत्रबाट बाहिरियो रु. एक अर्ब २१ करोड

Advertisement

काठमाडौं । गएको जेठ महिनामा झण्डै ११ हजार बीमितले आफ्नो जीवन बीमा पोलिसि बन्द ‘सरेण्डर’ गरेर पैसा फिर्ता लगेका छन् । 

नेपाल बीमा प्राधिकरणबाट प्राप्त जेठ महिनाको तथ्यांकअनुसार जेठमा १० हजार ९३५ बीमितले आफ्नो पोलिसि सरेण्डर गरी बीमा क्षेत्रबाट एक अर्ब २१ करोड ६२ लाख रुपियाँ फिर्ता लगेका छन् ।

Advertisement

संख्याका आधारमा समीक्षा महिनामा एलआईसी नेपालमा सबै भन्दा धेरै पोलिसि सरेण्डर भएको छ । तथ्यांकअनुसार त्यहाँ तीन हजार ४६३ वटा पोलिसि सरेण्डर भएको छ । उक्त कम्पनीमा रकमका आधामा ३५ करोड ४९ लाख ६४ हजार रुपियाँको बराबरको पोलिसि सरेन्डर भएको छ । 

दोस्रो स्थानमा भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । त्यहाँ दुई हजार २०९ वटा पोलिसि सरेण्डर भएको छ । रकमका आधारमा ३५ करोड ९७ लाख ४५ हजार रुपियाँ बराबरको पोलिसि सरेण्डर भएको देखिन्छ । 

तेस्रो स्थानमा राष्ट्रिय बीमा संस्थान रहेको छ । उक्त कम्पनीमा रकमका आधारमा ११ करोड ३० लाख ३५ हजार रुपियाँ बराबरको पोलिसि सरेण्डर भएको छ भने एसियन लाइफमा पाँच करोड ७३ लाख १४ हजार बराबरको ७७६ वटा, नेसलन लाइफमा सात करोड ६३ लाख १३ हजार रुपियाँ बराबरको ६३६, सूर्यज्योति लाइफमा छ करोड ९७ लाख ८३ हजार रुपियाँ बराबरको ५९८, हिमालयन लाइफमा पाँच करोड २८ लाख ४२ हजार रुपियाँ बराबरको ५६८ र मेट लाइफ इन्स्योरेन्समा चार करोड २४ लाख ३६ हजार रुपियाँ बराबरको ३९२ वटा पोलिसि सरेण्डर भएको छ । 

यसैगरि, सिटिजन्स लाइफमा एक करोड २३ लाख १५ हजार रुपियाँ बराबरको २४६ वटा, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा तीन करोड ४२ लाख ५६ हजार रुपियाँ बराबरको बराबरको १८१, आईएमई लाइफ इन्स्योरेन्समा एक करोड ३२ लाख ७२ हजार रुपियाँ बराबरको १४७, रिलायवल लाइफ इन्स्योरेन्समा ९१ लाख ५२ हजार रुपियाँ बराबरको १३४, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा एक करोड ६३ लाख ३४ हजार रुपियाँ बराबरको १२० र सन नेपाल लाइफमा ४४ लाख ७८ हजार रुपियाँ बराबरको ५७ वटा पोलिसि सरेन्डर भएको छ ।

चालु आवको ११ महिनामा कति भयो सरेण्डर ? 
चालु आवको ११ महिनामा कुल ११ अर्ब ९१ करोड ६५ लाख ५० हजार रुपियाँ बराबरको पोलिसि सरेण्डर भएको छ । संख्याको आधारमा ९८ हजार १३६ वटा पोलिसि सरेण्डर भएको प्राधिकरणको भनाई छ ।

बीमितले पाँच बर्ष, १० बर्ष, १५ बर्ष जस्ता निश्चित अवधी तोकेर बीमा गरेका हुन्छन् । त्यसको  लागि बार्षिकरुपमा किस्ता तिर्नुपर्छ । यदि, सम्झौता अवधीभर बीमालाई निरन्तरता दिन नचाएमा बीमितले आवश्यक प्रक्रिया पूरा गरेर पोलिसि बन्द गर्न सक्छन् । बीमितले त्यही अवधीसम्म तिरेको बीमाशुल्क र आर्जित बोनस फिर्ता पनि पाउने छन् । यद्यपि, त्यसमा केही शुल्कहरु भने काटिनेछ । बीमा गरेको तीन बर्षपछि मात्रै पोलिसि सरेन्डर गर्न पाउने व्यवस्था छ । 

बिशेषगरि, पछिल्लो समय देखिएको आर्थिक मन्दीका कारण बीमालेख सरेण्डर बढ्दै गएको बीमा कम्पनीहरु बताउँछन् । आर्थिक मन्दीका कारण आम मानिसहरुमा आम्दानी प्रभावित भएको, क्रयशक्ति घट्दै गएको, व्यापार व्यवसायमा नोक्सान भएको, सहकारी संस्थाहरुले रकम भुक्तानी नदिएको आदि कारण धेरैले बीमालेख नवीरकण गर्न सकेका छैनन् ।

Advertisement

Advertisement