प्रधानमन्त्री दाहालले राजीनामा गर्न ढिलाई गरेकोमा एमालेका साँसदहरुको संसदमा आपत्ति

Advertisement

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिन दबाब दिएको छ । आइतवार संसद भवनमा एमालेका साँसदहरुले प्रधानमन्त्री दाहालको राजीनामा नआएकोमा असन्तुष्टि जनाएका हुन् । 

संसदमा बोल्ने अधिकांश साँसदले सरकार स्पष्ट रुपमा अल्पमतमा परेकाले अविलम्व राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न दाहाललाई सुझाव दिए । 

Advertisement

यता प्रधानमन्त्री दाहालले भने आगामी असार २८ गते संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् । काँग्रेससँगको सहमति अनुसार नयाँ सरकारको नेतृत्व लिने तयारीमा रहेको एमालेले भने दाहाल नेतृत्वको सरकार अल्पमतमा परिसकेकाले उसले तत्काल सरकार छोडी नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन विलम्व गर्न नहुने निष्कर्ष निकालेको हो । 

प्रधानमन्त्रीले राजीनामा नदिई विश्वासको मत लिए एमालेले त्यसको विपक्षमा मतदान गर्ने निर्णय पनि गरेको पार्टी संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । बैठकले नयाँ सरकार गठनका लागि काँग्रेससँग गरिएको समझदारीको स्वागत गर्दै मुलुकलाई राजनीतिक स्थिरता दिने, सुशासन, समृद्धि र विकासको कामलाई तिब्रता दिने काममा सहयोग गरेको निस्कर्ष निकाल्दै नेपाली काँग्रेसलाई पनि धन्यवाद दिएको छ ।

एमालेले काम चलाउ अवस्थामा पुगेकाले सरकारलाई कुनैपनि निर्णय नगर्न पनि सचेत गराइएको प्रमुख सचेतक बर्तौलाले बताए । त्यस्तै, एमाले साँसद रघुजी पन्त, योगेश भट्टराईलगायतले अल्पमतमा परेपछि नैतिकरुपमा सरकारमा बस्न नमिल्ने भन्दै प्रधानमन्त्री दाहाललाई राजीनामा दिर्न सुझाव दिएका थिए । 

Advertisement

Advertisement