मनकामना केवलकारलाई ५० करोड खर्चिएर डिजिटलमा रुपान्तरण गरिँदै

Advertisement

काठमाडौं । विगत साढे दुई दशकदेखि चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म सञ्चालन हुँदै आएको मनकामना केवलकारलाई डिजिटल प्रविधिमा रुपान्तरण गरिने भएको छ । 

नयाँ प्रविधिबाट पूरानो प्रविधि प्रतिस्थापन गरेपछि यो सेवा कम्युटर प्रणालीमाफृत सफ्टवयरले सञ्चालन हुनेछ । अष्ट्रियाको विश्वकै नम्बर एक मानिएको कम्पनी डोपलमायरको प्रविधि जडान भएको मनकामनामा नयाँ प्रविधि जडान भएपछि मर्मत पनि अष्ट्रियाबाट नै अनलाइनमार्फत गर्न सकिने कम्पनीको भनाई छ । 

Advertisement

नेपालकै पहिलो केवुलकार मनकामना निकै लोकप्रिय पनि छ । यसमा जडित प्रविधिमा क्रमिक रूपले समयअनुरूप धेरै विकास भइसकेको र हाल निर्माता कम्पनीले समेत यसका पार्टपूर्जा उपलब्ध गराउन आगामी दिनमा समस्या हुने बताएपछि डोपलमायरकै सुझावमा केवलकारमा समय सापेक्ष स्तरोन्नति गर्न लागिएको कम्पनीको भनाई छ । मर्मत सुरु भएकाले मनकामना केवलकार सेवा अहिले बन्द छ । 

अहिलेको एनालोग प्रविधिमा जडित मुख्य मोटर डीसी करेन्टबाट चल्ने गरेकोमा अब स्तरोन्नति हुने प्रविधि डिजिटल र नवीन हुनेछ । यसलाई डोपलमायरको डी–कनेक्ट सिस्टम भनिन्छ भन्दै मनकामनाले यसमा सबै डिजिटल प्रविधिबाट चल्ने र मुख्य मोटर एसी करेन्टबाट चल्ने जानकारी दिएको छ । 

कम्पनीले भनेको छ, ‘पूरानो मोटर, कन्ट्रोल सिस्टम, प्यानल  सबै यसै प्रणालीमा आधारित हुने भएकोले सबै नै मुख्य मेशिनरीहरू सोहीअनुसार फेर्नुपर्ने हुन्छ । त्यस्तै, हाल दुई स्टेशनबीच जडित कम्युनिकेसन केवल समेत डिजिटल प्रविधिअनुरूप हुने भएकोले सो पनि फेर्नुपर्ने हुन्छ जसको लम्बाई करीव ३२०० मिटरको हुनेछ ।’

त्यस्तै, मुख्य केवल तार (लठ्ठा) पनि पूरानो हुँदै गएकोले सो समेत यसै पटक रोकिएको अवधिमा फेरिने छ । त्यसको लम्बाई करीव ६५०० मिटरको हुनेछ । केवुलकारको सबैभन्दा सुरक्षा दृष्टिकोणले मुख्य मानिने ग्रिपहरू (जस्को माध्यमबाट गोण्डोला तारमा झुन्डिन्छ) फेर्ने कार्य दुई वर्ष अघि नै सम्पन्न गरिसकेका मनकामना दर्शनले जानकारी दिएको छ । 

डोपलमायरको प्राविधिकहरू नै आएर पूराना प्रविधि र उपकरणहरु प्रतिस्थापन गर्ने भएकाले त्यसका लागि प्रारम्भिक अनुमानअनुसार ५० दिन समय लाग्ने बताउँदै कम्पनीले मौसम तथा अन्य कारणले यो समय घटबढ पनि हुनसक्ने बताएको छ । यस क्रममा तीन वटा टावर पनि ओभरहोलिङ गरिने छ । साथै, सबै वायरिङ पनि फेरिने र नयाँ प्रविधिका बारेमा कर्मचारीहरुलाई तालिम पनि दिइने बताइएको छ । यद्यपि स्टेसन भवन, टावर र बुल ह्विल तथा ह्विलर फ्रेम र गोन्डला भने यथावत नै रहने छ । मर्मतका क्रमाम तल्लो स्टेशनमा रहेका रेष्टुरेन्टहरु भने यथावत सञ्चालन हुने कम्पनीको भनाई छ । 

Advertisement

Advertisement