एनएमबि लघुवित्तको साधारणसभा आज

Advertisement

काठमाडौं । एनएमबि लघुवित्तको ११औं वार्षिक साधारणसभा आज (असार २१ गते) बस्दैछ ।

सभा, पोखरास्थित होटल बाराही पोखरामा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । 

Advertisement

सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । 

त्यस्तै, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण, सञ्चालक समितिमा एक जना संस्थापक र दुई जना सर्वसाधारण, स्वतन्त्र सञ्चालक र एनएमबि बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्ति गर्ने एजेन्डा रहेको छ ।

कम्पनीले अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर प्रक्रिया अघि बढाउने र सोको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ । 

सभा प्रयोजनार्थ कम्पनीले असार ७ देखि २१ गतेसम्म बुकक्लोज गरिसकेको छ ।  अतः असार ६ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन पाउनेछन् । 

Advertisement

Advertisement