‘नाडा अटो शो’मा सीजी मोटर्सको बर्चश्व रहने, स्टल नै आठ वटा बुकिङ

Advertisement

काठमाडौं । पछिल्लो समय अटोमोवाइल व्यवसायमा आक्रामकरुपमा चौधरी समूहले आसन्न ‘नाडा अटो शो’मा अर्वाधिक स्टलहरु बुकिङ गरेको छ । 

सो समूहको कम्पनी सिजी मोटर्सले गाडिहरुको वृहत प्रदर्शनी नाडा अटो शोमा बलियो उपस्थिति देखाउन लागेको हो । यस बर्षको यो मेला आउँदो भदौ ११ देखि १७ सम्म आयोजना हुँदैछ । 

Advertisement

कम्पनीले यसको लागि नाडा अटोमोवाइल एशोसिएशनमा एक करोड बढी अग्रिम भुक्तानी पनि गरिसकेको छ । चौधरी समूह स्रोतका अनुसार सात दिनमा सिजी मोटर्सको खर्च तीन करोडभन्दा बढी हुने अनुमान छ । 

‘अटो शो’मा सीजी मोटर्सले प्रिमियम स्टल ‘ए३’ पनि बुकिङ गरेको छ, जसको शुल्क नै १४ लाख रुपियाँ छ । नाडा अटो शोमा आठ वटा स्टल राख्दा खर्च तीन करोडभन्दा बढी हुने जनाइएको छ । 

स्टलको भाडा, साज–सज्जा, जनशक्ति व्यवस्थापन लगायतका खर्च जोड्दा एउटा स्टलको लागि औसत २५ लाख रुपियाँभन्दा धेरै खर्च हुन्छ । मेलामा एउटै स्टलमा करिव १५ जना ब्राण्ड प्रोमोटर र कर्मचारी खटाउनुपर्ने हुन्छ । 

त्यस्तै, प्रिमियम गाडी राख्ने स्टलको खर्च ३० लाख रुपियाँभन्दा धेरै हुने व्यवसायीहरु बताउँछन् । सीजी मोटर्सले आठ वटामध्ये चार वटा स्टलमा प्यासेन्जर भेहिकल र एउटामा विद्युतीय पिकअप राख्ने हुँदा पाँच वटा स्टलमा बढी खर्च गर्नुपर्ने देखिन्छ । 

आउँदो ‘अटो शो’मा सीजी मोटर्सले चार पांग्रेमा होजोन, निटा, जीएसी आयोन वाई, एक्सपाङ, अवतार, राडार, केवाईसी र किङलङ राख्ने छ भने दुई पांग्रेमा हिरोको स्टल राख्ने छ ।

Advertisement

Advertisement