ग्लोबल आईएमई बैंक बन्यो नास आईटीको दीगो साझेदार

Advertisement

ललितपुर । नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले ग्लोबल आईएमई बैंकलाई दीगो साझेदारको रूपमा घोषणा गरेको छ । 

यो साझेदारीले नास आईटी र ग्लोबल आईएमई बैंकबीचको सहकार्यलाई प्रवर्द्धन गर्ने र नेपालको आर्थिक विकासलाई अगाडि बढाउने मिसनमा महत्वपूर्ण माइलस्टोनको संकेत गर्ने जनाएको छ । 

Advertisement

यस साझेदारी मार्फत बैंकले नास आईटी सदस्य कम्पनीहरूद्वारा विकसित नवीनतम प्रोडक्टहरू र सफ्टवेयरहरूको पहुँच प्राप्त गर्नेछ । नास आईटी मार्फत् बैंकको डिजिटल बैंकिङ र आईटी टोलीले प्राविधिक प्रगति सम्बन्धित सल्लाहहरू प्राप्त गर्नेछन् । 

ग्लोबल आईएमई बैंक नास आईटीको नवस्थापित दीगो कोषलाई सहयोग गर्ने पहिलो दीगो साझेदार बनेको छ। नास आईटीले प्रमुख साझेदारहरूसँग साझेदारी गर्न। अनुसन्धानलाई प्रवर्द्धन गर्न, स्टार्टअपहरू र साना व्यवसायहरूलाई समर्थन गर्न, शिक्षा र सीप विकासलाई प्रवर्द्धन गर्न, सामुदायिक संलग्नता र सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्न दीगो कोष सुरू गरेको छ।
 

Advertisement

Advertisement