आरोहणयोग्य ५७ वटा हिमालहरु क्रमशः खुला गर्दै जाने तयारी

Advertisement

काठमाडौं । नेपालका आरोहणयोग्य ५७ वटा हिमालहरु क्रमशः खुला गर्दै जाने तयारी गरिएको छ । 

नेपाल सरकारको आर्थिक वर्ष २०८०–८१ को वार्षिक नीति तथा कार्यक्रममा आरोहणको लागि नयाँ हिमाल खुल्ला गर्ने कार्यक्रम रहेको र सोही अन्तरगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विभागलाई उक्त प्रक्रिया अगाडि बढाउनेको लागि निर्देशन दिएको पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले जानकारी दिए । 

Advertisement

मन्त्रलयको निर्देशन अनुसार विभागले नेपाल पर्वतारोहण संघसँग सहकार्य गरेर ५७ वटा हिमालहरु आरोहणको लागि खुल्ला गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको उनले बताए ।
 

Advertisement

Advertisement