डिप्पलका सबै गाडि तीन महिनामै बिक्रीपछि थप ४०० ल्याइँदै

Advertisement

काठमाडौं । डिपलका लागि नेपालको आधिकारिक वितरक एमएडब्लु वृद्धी अटोकर्पले पहिलो चरणमा ल्याएको ३५० वटा ‘डिपल ०७ सबै बिक्री भएपछि थप चार सय वटा भित्राउने तयारी गरेको छ । 

यो गाडी ३१० वटा डेलिभरी भइसकेको र ४० वटा डेलिभरीका लागि कागजी प्रक्रियामा रहेको बिक्रेता कम्पनीले जनाएको हो । गत चैत १८ गते नेपाली बजारमा भित्रिएको यो गाडीले ३ महिनामै आफ्नो सेग्मेन्टमा करिव १३ प्रतिशत बजार हिस्सा लिइसकेको छ । 

Advertisement

‘ल्याएको सबै गाडि ‘सोल्ड आउट’ भइसक्यो, अब थप चार सय गाडि अर्डर गर्दैछौं’ एमएडब्ल्युका एक अधिकारीले बताए । यो गाडिको उपत्यका बाहिर पनि उत्तिकै माग रहेकाले देशका मूख्य शहरहरुमा पनि शोरुम राखिएको उनले बताए । 

यसको ट्यागलाइन ‘टच द फ्युचर’ले सुझाए जस्तै नयाँ डिपल एस०७ मा नेपाली अटोमोबाइलमा पहिलो पटक प्रयोग भएका दर्जनौं फिचरहरु छन् ।
डिपल १६० वर्षभन्दा लामो विरासत बोकेको चिनियाँ अटो ग्रुप चांगानको सब ब्रान्ड हो जसले चांगानका लागि ‘न्यु इनर्जी भेहिकल’को विकास र उत्पादन गर्छ। 

डिपल एस०७ मा इभी डेडिकेटेड ‘इपीए१ प्ल्याटफर्म’ र ‘रियर ह्विल ड्राइभ सिस्टम’ रहेको छ जसको माथि ६६.८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । यसले सिंगल चार्जमा ४१० किलोमिटरको रेन्ज दिन्छ । 

अटोमोबाइल डिजाइनको सम्पदा मानिने इटालीको टुरिनमा डिजाइन भएको डिपल एस०७ मा नेपालमै पहिलो पटक प्रयोग भएका दर्जनौं फिचरहरु छन् । 
संगीत, फोन कल र फोटो खिच्ने लगायतका फंक्सनका लागि एस०७ को ‘जेस्चर कन्ट्रोल’को माध्यमबाट हातको संकेतले कमान्ड लिनसक्छ ।

साथै यसमा ‘अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले’ (एआर एचयुडी) रहेको छ जसले ‘रियल टाइम नेभिगेसन’ लगायत अन्य महत्वपूर्ण सूचना दिन्छ । यसले ड्राइभिङलाई सहज मात्र बनाउँदैन सुरक्षित पनि बनाउँछ।

साथै, क्याबिनको बीचमा १५.६ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको छ जुन टचस्क्रिनलाई ‘इन्ट¥याक्ट’ गर्ने यात्रुतिर आफैं फर्कन्छ । डिप्पल ०७ मा ‘वेलकमिंग सिट’ पनि रहेको छ जसले ड्राइभरलाई गाडिभित्र छिर्न सहज बनाउनुका साथै उसको उचाइ अनुसार सिटको पोजिसनलाई आफैं मिलाइदिन्छ ।

डिपलमा पछाडि मात्र होइन अगाडि बोनेटमा पनि सामान राख्नका लागि १२५ लिटरको ‘फ्रंक’ स्पेस रहेको छ । यसमा रहेको २० इन्चको विशाल टायरले ईभी (विद्युतीय सवारी साधन)लाई आकर्षक मात्र बनाउँदैन, पर्फमेन्समा पनि सुधार ल्याउँछ ।

साथै, नेपालमै पहिलो पटक, कुनै पनि ईभीमा चार ‘ड्राइभिङ मोड’ (इको, कम्फर्ट, स्पोर्ट र कस्टमाइज) रहेको छ जसले ड्राइभरलाई चाहेको जस्तो ड्राइभिङ अनुभव दिलाउँछ।

डिपल एस०७ मा प्रयोग भएको ‘फ्रेमलेस डोर’ र ‘फ्लस ह्यान्डल’ले यो ई एसयूभीको आकर्षण र ‘एरोडाइनामिक्स इफिसेन्स’ लाई बलियो बनाएको छ । साथै यसमा ‘हेडरेस्ट स्पिकर’ र ‘आउटडोर स्पिकर’सहित १४ वटा उच्च कोटीको सोनी स्पिकर छन् ।

कारभित्रको वातावरणलाई ‘कस्टमाइज’ गर्न ‘न्याप, क्याम्प, बेबी केयर, म्युजिक लाइट सो’ जस्ता ‘इन्टेलिजेन्ट सिनेरियो मोड’हरु छन् । साथै, पछाडिको सिटबाट अगाडिको सिट ‘एड्जस्ट’ गर्न मिल्ने र ‘सनसेद’लाई खोल्न र बन्द गर्न सकिने टचस्क्रिन रहेको छ। 

सुरक्षाका लागि दिपल एस०७ मा ‘इन्टरेक्टिभ एडाप्टिभ क्रुज कन्ट्रोल’सहितको ‘इन्टेलिजेन्ट एडास २.५’, ६ वटा एअर ब्याग, ‘अटोमेटिक इमर्जेन्सी ब्रेकिङ’, ‘ड्राइभर फ्याटिग मनिटरिङ सिस्टम’, ‘सेफ डिस्टेन्स वार्निङ’, ‘ट्रान्सपेरेन्ट च्यासिस’सहितको ३६० क्यामेरा, ‘ड्राइभ भिडियो रेकर्डर’, ‘डिस्ट्रयाक्स वार्निङ’ लगायत धेरै व्यवस्था रहेको छ । यो गाडि ६ रङ्गहरुमा उपलब्ध छ भने कम्पनीले यसको मूल्य ७४ लाख ९९ हजार निर्धारण गरेको छ । 

undefined

Advertisement

Advertisement