पर्यटक आगमन बढ्दो, आगामी वर्ष १६ लाख पुर्याउन ६० प्रतिशत बढाउनुपर्ने चुनौती

Advertisement

काठमाडौं । नेपालमा पर्यटकहरुको आगमन बढ्दो क्रममा रहेको छ । बर्खाको बेलामा पनि नेपालमा भारतीय पर्यटकहरुको राम्रै संख्यामा भित्रिएका छन् । 

नेपाल सरकारले सरकारले आउँदो आर्थिक वर्षमा १६ लाख पर्यटक भित्रियाउने लक्ष्य लिएको छ । तर  त्यो लक्ष्य भेट्टाउनका लागि अझै ६० प्रतिशतले आगमन बढाउनु पर्ने चुनौती रहेको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने बताउँछन् । 

Advertisement

गएको जुन महिनामा ७६ हजार ७ सय ३६ जना पर्यटक नेपाल भित्रिएका छन् । भारतबाट ३७ हजार ८ सय ३५, अमेरिकाबाट ८ हजार २ सय ८१, चीनबाट ७ हजार ४ सय ९४, बंगलादेशबाट ३ हजार ८ सय ५७, बेलायत (युके) बाट एक हजार ९ सय ६९, अष्ट्रेलियाबाट एक हजार ५ सय ८९, भुटानबाट एक हजार ६६, मलेसियाबाट एक हजार १४, जापानबाट ९ सय ५३ र दक्षिण कोरियाबाट ८ सय ७५ जना पर्यटक नेपाल भित्रिएको बोर्डको तथ्याङ्कले देखाउँछ ।  बोर्डका अनुसार जुन महिनामा गत वर्ष सन् २०२३ को जुन महिनामा ७२ हजार २ सय १६ जना पर्यटक भित्रिएका थिए । तथ्याङ्क अनुसार सोही गत महिना ७७ हजार २ सय ७९ जना पर्यटक नेपाल बाहिरिएका थिए । 

नेपालका शीर्ष १० टुरिस्ट जेनरेटिङ मार्केटहरुमा पहिलो नम्बरमा भारत, दोस्रो अमेरिका, चीन, तेस्रो बंगलादेश, बेलायत (युके), अष्ट्रेलिया, भुटान, मलेसिया, जापान, दक्षिण कोरिया रहेको बोर्डका निर्देशक लामिछानेले बताए । 

गत छ महिना  (जनवरी–जुन) को तथ्याङ्क हेर्दा भारतबाट एक लाख ८६ हजार ६ सय ९६, चीनबाट ५४ हजार एक सय ६५, अमेरिकाबाट ५३ हजार ६ सय ५४, बेलायत (युके) बाट २५ हजार २ सय ५०, बंगलादेशबाट २१ हजार ९ सय ९२, अष्ट्रेलियाबाट १८ हजार ६ सय ३५, थाइल्याण्डबाट १६ हजार ८ सय ६१, जर्मनीबाट १४ हजार २ सय ३९, दक्षिण कोरियाबाट १३ हनार २ सय ८०, श्रीलंकाबाट ११ हजार ६ सय २० जना पर्यटक भित्रिएका छन् । 

पछिल्लो छ महिनामै सन् २०१९ को भन्दा पनि बढी पर्यटक भित्रिसकेका छन् । पर्यटकको आगमन रिभाइभ भइसकेको लामिछानेले बताए । चीनबाट पर्यटक नेपालमा भित्र्याउनका लागि बोर्ड लागेको छ । चीनमा नेपालको पर्यटनको बजारीकरण गर्नुपर्छ भनेर हामी त्यसमा लागि रहेका छौं–उनले भने ।  

Advertisement

Advertisement